माधव नेपाललाई नसोचेको झड्का, सिके राउतको पार्टीले समेत उछिन्यो !

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीलाई झड्का लागेको छ। समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगिरहेका बेला नेकपा एसलाई झड्का लागेको हो। पछिल्ला दिनहरुमा समानुपातिक मतमा केहि प्रगति गरेको भएपनि आइतबारबाट भने सो क्रममा लगभग ब्रेक लाग्दै गएको छ।

समानुपातिक मतमा नेकपा एस यति बेला जनमत पार्टी भन्दा पनि पछि परेको छ। डा सिके राउतको नेतृत्वमा रहेको सो पार्टीले पछिल्लो मतगणनामा नेकपा एसलाई समेत पछि पारेको हो।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार ३५९ मत प्राप्त गर्दा जनमत पार्टीले २ लाख ३५ हजार८०१ मत प्राप्त गरेको छ। अब यी दुवै पार्टी थ्रेसहोल्ड कटाउने दौडमा देखिएका छन्। नेकपा एसले अहिले सम्म २ दशमलव ६ प्रतिशत मात्रै मत प्राप्त गरेको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख १ हजार ५०८मत पाएको छ। यस पार्टीलाई एक लाख २२ हजार ६३६ मत सहित लोसपाले पछ्याइरहेको छ। नेमकिपाले ७० हजार ३५९ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४९ हजार ९०मत पाएको निर्वाचन आयोगले जनाएको छ।

सबै भन्दा बढी मत एमालेलाई समानुपातिक मतमा सुरुवात देखि नै अग्र स्थानमा रहेको एमालेले अहिले सम्म २३ लाख ९१ हजार ७७८ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६ सय ९० मत पाएको छ।

आइतबार दिउँसाे ३ बजेसम्म ८७ लाख १९ हजार ९९ मतगणना हुँदा माओवादी केन्द्रले ९ लाख ९९ हजार ८ सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ५८ हजार ७० सय ३ मत पाएका छन्।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९१५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानमन्त्री बन्न कांग्रेसमा हानथाप, दौडधुप सुरु !