शनिले लियो लाखौँका ज्यान, अब २०२३ देखि २०३० सम्म शनिको गोचरले निम्त्याउनेछ महाविनाश

काठमाडौँ : ज्योतिष मान्यता अनुसार संसारमा जुनसुकै ठूला परिवर्तनहरु हुन्छन् या भईरहेका छन्, त्यसमा शनि, मङ्गल, राहु र केतुसँगै ग्रहणको सबैभन्दा ठूलो भूमिका हुन्छ। ज्योतिषीय हिसाबले ३० वर्षपछि शनिले आफ्नै राशि मकर राशिमा प्रवेश गरेपछि देश र विश्वको अवस्था परिवर्तन भएको छ। सन् २०२० जनवरी २४ मा शनिले मकर राशिमा प्रवेश गरेको थियो, त्यसबेलादेखि विश्वमा महामारी र प्राकृतिक प्रकोपका साथै त्रासदी अवधि सुरु भयो, जससँग अझैँ पनि हामी सङ्घर्ष गरिरहेका छौँ। यसबाट लाखौं मानिसले ज्यान गुमाएका छन्।

मकर राशिमा प्रवेश गर्नेबित्तिकै शनिले मच्चायो कहर : २०२० मा शनिले मकर राशिमा प्रवेश गरेपछि सत्ता परिवर्तन, आर्थिक परिवर्तन, जनआन्दोलनसँगै देश र विश्वमा महामारीको युग सुरु भएको थियो। महामारीले लाखौं मानिसको ज्यान लियो। त्यसबेलादेखि संसार परिवर्तन भएको छ। यसपछि जब शनि मकर राशिमा वक्री भयो, त्यसपछि धेरै प्रकारका घटनाहरु घटे। त्यसपछि सन् २०२२ अप्रिल २९ तारिख बिहान जब शनिले कुम्भ राशिमा प्रवेश गरेपछि रुस र युक्रेनबीच युद्ध सुरु भयो।

सन् २०२२ जुन ५ मा जब शनि वक्री भयो र त्यसपछि १२ जुलाई २०२२ मा कुम्भ राशि छोडेर मकर राशिमा प्रवेश गर्यो, त्यसपछि देशमा सत्ता परिवर्तन, विद्रोह, बाढी-पहिरो, प्राकृतिक प्रकोपलगायत धेरै देशमा नयाँ राजनीतिक घटनाक्रम विकसित भयो। त्यसपछि अक्टोबर २३, २०२२ मा वक्री अवस्था छाडेर शनि मार्गी अवस्थामा गोचर गरेपछि देश र विश्वले पनि राहतको खबर पायो। यस अवधिमा महँगी र शेयर बजार पनि सुस्तायो।

१७ जनवरी २०२३ मा कुम्भ राशिमा प्रवेश गर्नेछ शनि : – १७ जनवरी २०२३ मा शनिले आफ्नो राशि कुम्भमा पुन: प्रवेश गरेपछि संसारभर ठूलो बदलाव आउने आशंका गरिएको छ। चाहे त्यो परिवर्तन प्राकृतिक घटनाका रूपमा अगाडी आउन पनि सक्छ या त कुनै ठूलो युद्धतर्फ विश्व अग्रसर हुन् सक्छ। अथवा कुनै ठूलो खगोलीय घटना घट्न पनि सक्छ या कुनै भयानक भाइरसले फेरि कहर सिर्जना गर्नेछ।

शनिको गोचरले मच्चाउनेछ तहल्का : – शनि कुम्भ राशिमा प्रवेश गरेपछि महाविनाश सुरु हुनेछ। शनि सन् २०२३ जनवरी १७ मा कुम्भ राशिमा प्रवेश गर्नेछ र २९ मार्च २०२५ सम्म यहीँ रहनेछ। यस अवधिमा तेस्रो विश्वयुद्धबाट ठूलो विनाशको पहिलो चरण सुरु हुनेछ। त्यसपछि २९ मार्च २०२५ देखि २३ फेब्रुअरी २०२८ सम्म शनि मार्गी र वक्री भई मीन राशिमा प्रवेश गर्नेछ। तब मानिसहरु त्राहिमाम बन्नेछन्। त्यसपछि २३ फेब्रुअरी २०२८ देखि १७ अप्रिल २०३० सम्म शनि मेष राशिमा रहनेछ। यस समयमा ठूलो विनाशको युग समाप्त हुनेछ र नयाँ युग सुरु हुनेछ।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिसेम्बरमा ३ ग्रहले गर्नेछन् गोचर : यी ४ राशिको चम्किनेछ भाग्य, करियर-कारोबारमा छ सफलताको योग