१६ गतेसम्मको राशिफल : ४ राशिलाई अशुभ छ यो साता, ४ राशिलाई हुनेछ मनग्यै फाइदा

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – मङ्सिर १० देखि १६ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – १२ गते विवाह पञ्चमी । १५ गते अष्टमी व्रत, (बखु मद) ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राम्रो खालको साता छ । असल काम गर्नतिर मन जाला भने गरेका काम बन्ने पनि छन् । सानातिना बाधा त आउलान् तर छिमोल्न सक्ने शक्ति छ । व्यापार, व्यवसायको काममा बढी प्रगति होला । मित्र सहयोग सामान्य छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् भने सोमबारदेखि प्रेरणादायी छन् । धार्मिक गतिविधि बढिरहला । अरूलाई उपकार गर्ने भावना मनमा उदय हुनेछ । यो सातामा दानदातव्य पनि प्रशस्त हुनेछ । शिक्षाको क्षेत्रमा पनि राम्रै प्रगति हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातालाई नराम्रो भन्न मिल्दैन । सोचेभन्दा बढी नै सफलता पाइनेछ । स्वास्थ्यको स्थिति भने मध्यम मात्र रहला । आफ्नो एवं परिवारको स्वास्थ्यका कारण खर्च बढ्न सक्छ । व्यावसायिक काममा प्रगति नै हुनेछ । सोमबार र मङ्गलबार त्यति राम्रा छैनन् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

खर्च भए पनि केही गतिला काम बन्नाले यो साता मनमा प्रसन्नता नै हुनेछ । पढ्ने एवं लेख्ने क्षेत्रमा मध्यम खालको गतिविधि छ । सोचेजति पढाइमा प्रगति हुने छैन । बगलामुखीको दर्शन गरी नै रहनुहोस् । व्यापारको क्षेत्रमा बाधा दिनेहरू प्रशस्त छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मानप्रतिष्ठामा बढोत्तरी आउन अझैँ पर्खनुपर्नेछ । सातामा बाधा दिनेहरू धेरै र मद्दत गर्ने सीमित मात्र छन् । पढाइ थोरै भए पनि लेख्ने काम भने प्रशस्त हुन सक्छ र त्यसैबाट आर्थिक लाभ पनि हुनसक्छ । मित्र सहयोग भने अझैँ सीमित मात्रै रहला ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सातामा मेहनत प्रशस्त पर्नेछ तैपनि काम पूरा बन्ने छैन । शनिबार स्वास्थ्य गडबड हुन सक्छ । बिहानै पीपलमा जल हालेर शनिको आराधना गर्नुहोस्, दिउँसोदेखि सुधार हुनेछ । स्वास्थ्य गडबड हुन सक्छ । यात्राको सम्भावनासमेत यो साता देखा पर्छ । वैवाहिक कुरामा प्रगति छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो साता खर्च बढी नै हुनेछ । जताबाट पनि खर्च गर्नुपर्ने बाध्यता हुनाले मन खिन्न हुनसक्छ । सहयोग गर्नेको सङ्ख्या सीमित मात्र छ । परिवारले भने सन्तोष नै दिनेछन् । प्राविधिक काममा विशेष प्रगति हुनेछ । साताको अन्त्यमा केही अप्ठेरा आउन सक्छन् । शिवजीको आराधना गर्नुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मध्यम खालको साता छ । मनमा डर लागिरहला । खास गरेर जागिरको सन्दर्भमा निराशा बढी हुनेछ । स्वास्थ्य त्यति राम्रो रहने छैन । परिवारको स्वास्थ्यले समेत खिन्नता देला । गणेशको आराधना गरिरहनुहोस् । वैवाहिक कुरामा अझैँ केही समय पर्खनुपर्ने स्थिति छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च भए पनि यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुकै दिनमा भोजभतेर पर्नुका साथै इष्टमित्रसँग भेट होला । धेरै वा थोरै आर्थिक आर्जन पनि गर्न सक्नुहुनेछ । प्राविधिक काममा भने त्यति ठूलो सफलता छैन । पारिवारिक सन्तोष मध्यम मात्र छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यो साता आम्दानी र खर्च बराबरैजस्तो होला । अत्यावश्यक काममा भन्दा भोजभतेरकै काममा खर्च गर्नुपर्नेछ । खुसामदी खालका मित्र धेरै छन् । खास मद्दत गर्नेको सङ्ख्या सीमित मात्र छ । नोकरीमा समस्या नै बढी आउनेछ । हाललाई शनिश्चरको आराधना अत्यावश्यक छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

पहिलेको साताभन्दा सुधार भए पनि मनमा पूर्ण सन्तुष्टि हुने छैन । बाधा दिने र मद्दत दिनेको सङ्ख्या बराबरैजस्तो छ । पारिवारिक सन्तोष सीमित मात्रै छ । छोराछोरीबाट पूर्ण सन्तोष पाइने समय छैन । इन्द्राणीको दर्शन गर्नुहोस् । विदेश यात्रा गर्ने उत्सुकता भने बढी रहला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । व्यस्तता बढ्ला भने आम्दानी पनि मनग्गै हुनेछ । पढाइ एवं लेखाइ दुवैतिर प्रशस्त समय जाला । हातले समातेको व्यवसायले मनग्गै आम्दानी गराउनेछ । मित्र असल खालका छन् र सहयोग दिने नै देखिन्छ । स्वास्थ्यको स्थिति मध्यम रहला।

प्रकाशित : शनिबार, मङि्सर १०, २०७९१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि विवाह पञ्चमीको राशिफल : यी राशिलाई खासै शुभ छैन सोमबारको दिन, आउनेछन् बाधा-अवरोध