अचानक धन लाभको विशेष तथा अचुक उपाय, हुन्छिन् माता लक्ष्मी प्रसन्न !

आजको युगमा हरेक मानिस पैसाको लागि दौडधुप गरिरहेका छन्। कोही मानिसले सजिलै पैसा कमाउन् सफल भएका छन् भने केही मानिसलाई धेरै मिहिनेतका बाबजुद पनि निकै कम पैसा कमाउन सक्षम हुन्छन् । यस्तो अवस्थामा सबैको मनमा यो प्रश्न उठ्छ कि म धेरै योग्य थिएँ, धेरै मेहनती थिएँ, तैपनि मभन्दा कम योग्य र कम मेहनती मान्छे अगाडि बढ्यो ।

यस सम्बन्धमा ज्योतिष शास्त्री भन्छन् कि प्रत्येक व्यक्तिले सधैँ ध्यानमा राख्नु पर्छ कि उसले कसैबाट सित्तैमा केही लिनु हुँदैन, अर्थात्, उसले जे लिन्छ, उसले त्यसको मूल्य चुक्ता गर्नुपर्छ। कसैलाई धोका दिएर पैसा जम्मा नगर्नुहोस् किनकि यसरी कमाएको पैसा टिक्दैन। यस्तो धन त्यस व्यक्ति र उसको परिवारमा ऋणको रूपमा बढ्छ, यसका अतिरिक्त व्यक्तिको आफ्नै भाग्य र समृद्धि र सफलतामा सधैँ अवरोधहरू हुन्छन् जुन उसको कर्मबाट सजिलै प्राप्त हुन्छ। त्यसैले धन लाभको लागि अपनाउनुहोस् यस्ता उपाय-

नारीलाई लक्ष्मीको रूप मानिन्छ । हरेक महिलालाई सम्मान दिनुहोस्। घरको प्रबन्ध श्रीमतीलाई सुम्पिदिनुहोस् । आफ्नो आम्दानीको एक निश्चित हिस्सा आफ्ना आमाबाबुलाई दिनुपर्छ। घरमा कुनै ठुलो काम छ भने घरका आफूभन्दा ठूला व्यक्ति विशेष गरी महिलाहरूले अवश्य गर्नुपर्छ। आफ्नो घर र सम्बन्धमा आफ्नी श्रीमतीलाई अगाडि राख्ने कुरामा ध्यान दिनुहोस्। हरेक चाडपर्व, जन्मदिन र विवाह वार्षिकोत्सवमा आमा, श्रीमती, दिदीबहिनी र छोरीलाई एक वा अर्को उपहार दिनुहोस्।

घरको परिवारमा माता लक्ष्मीको आशीर्वाद चाहने घरको मुलीले राती भात, मासु, दही, दूध, मुला आदिको सेवन कहिल्यै गर्नु हुँदैन। शुक्रबार सेतो रुमालमा सिङ्गो चामल र चिनी बाँधेर माता लक्ष्मीसँग आफ्ना गल्तीको माफी माग्दै आफ्नो घरमा स्थायी बसको कामना गर्दै खोलाको पानीमा बगाएर लक्ष्मीको नाममा अर्पण गर्नुहोस् ।

महिनाको जुनसुकै शुक्रबार ३ जना अविवाहित छोरी मान्छेलाई घरमा बोलाएर खीर खुवाएर पहेँलो लुगा र दक्षिणा दिएर बिदा गर्नुहोस् । जसका कारण देवी लक्ष्मीको कृपा घरमा सदैव रहन्छ । धन लक्ष्मी मातालाई चामलको खीर, दूधबाट बनेको परिकार जस्ता सेतो वस्तु चढाउनुहोस्।
धन लक्ष्मीको पूजा गर्नेहरूले कुनै पनि हालतमा महिलाको अपमान गर्नु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोस्।

प्रकाशित : शुक्रबार, मङि्सर ०९, २०७९१६:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बिहानबाट सुख, धनको कारक शुक्र ग्रहको उदय, यी राशिलाई हुनेछ निकै शुभ !