सुरु हुँदैछ ‘अग्नि पञ्चक’, भुलेर पनि नगर्नुहोस् यस्ता कार्य: अन्यथा जीवन हुनसक्छ तहस-नहस !

हिन्दू धर्म र ज्योतिष शास्त्रमा पञ्चकको समयलाई शुभ कार्यका गर्न अशुभ मानिएको छ । पञ्चक अवधिमा पनि कतिपय काम गर्न पूर्णरुपमा निषेध गरिएको छ । हिन्दू पञ्चाङ अनुसार हरेक महिना ५ दिनको पञ्चक हुन्छ । मंसिरको तेस्रो साता पञ्चक हुने भएको छ। यस्तो अवस्थामा पञ्चक सुरु हुनुअघि केही महत्त्वपूर्ण कुराहरू जान्नु पर्छ र पञ्चकमा ध्यानमा राख्नु पर्छ। अन्यथा, पञ्चकमा केही कुरालाई बेवास्ता गर्दा जीवनभर पछुताउन पर्ने हुन् सक्छ।

केही दुनामा सुरु हुन् लागेको पञ्चक अग्नि पञ्चक हो। मंगलबारबाट पञ्चक प्रारम्भ हुँदा त्यसलाई अग्निपञ्चक भनिन्छ । यस पटक पञ्चक मंसिर १३ गते मंगलबारबाट सुरु भई मंसिर १८ गते आइतबार राति समाप्त हुनेछ । अग्नि पञ्चकलाई ज्योतिष शास्त्रमा अशुभ मानिने भएकाले यी ५ दिनमा धेरै सावधानी अपनाउनुपर्छ । यस समयमा कुनै शुभ कार्य नगर्नुहोस्, साथै अन्य केही कुरामा पनि ध्यान दिनु पर्नेछ, अन्यथा ठूलो नोक्सान बेहोर्नु पर्नेछ।

अग्नि पञ्चकमा नगर्नु होला यस्तो काम

-पञ्चकमा परिवारको कुनै सदस्यको ज्यान गएमा उनको अन्तिम संस्कार विशेष तरिकाले गर्नुपर्छ। उक्त श-वका साथमा ४ मोतीचूर लड्डु वा नरिवल वा कुशको टुक्रा साथमा राख्नुपर्छ। यसो गर्नाले परिवारको सङ्कट टालिन्छ।

-पञ्चकमा चारपाई बेड बनाउने र किन्नु हुँदैन, घर बनाइरहनुभएको छ भने पञ्चकमा छत हाल्नु हुँदैन, ढोकामा फ्रेम हाल्नु हुँदैन। यसो गर्दा धेरै समस्या आउन सक्छ।

पञ्चक अवधिमा दक्षिण दिशामा यात्रा गर्नु हुँदैन। त्यसो गर्नु अशुभ हुन्छ। वास्तवमा, दक्षिणलाई यमको दिशा मानिन्छ, पञ्चक अवधिमा घाँस, काठ आदि पनि सङ्कलन गर्नु हुँदैन।

प्रकाशित : बिहिबार, मङि्सर ०८, २०७९१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: जीवनमा अवश्य पालना गर्नुहोस् यी ३ कुरा, सफलताले चुम्नेछ कदम !