काठमाडौँ – काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेले पहिलो पटक अग्रता लिएको छ। मतगणनाको सुरुवात देखि नै पछि परिरहेका नेकपा एमालेले बुधबार साँझ अग्रता लिएको हो।
बेथान्चोक गाउँपालिका, बनेपा नगरपालिकाको मतगणनामा निरन्तर पछि परेका एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले पहिलो पटक अग्रता लिएका छन्। पछिल्लो अपडेटका अनुसार बाँस्कोटाले १७ हजार ३१ मत प्राप्त गरेका छन्।
बाँस्कोटा गठबन्धनको समर्थनमा रहेका नेपाली कांग्रेसका शिव प्रसाद हुमागाई भन्दा २ सय ४३ मतले अगाडी रहेका छन्। हुमागाईले अहिले सम्म १६ हजार ७ सय ८८ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ५ हजार ६ सय २५ मत प्राप्त गरेका छन्।