मानिसको दैनिक आवश्यकताहरू पूरा गर्न पैसा अत्यावश्यक चिजमा पर्दछ । तर जीवनमा यस्तो समय पनि आउँछ जब मानिसले जति नै धन कमाए पनि आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन्छ र कडा परिश्रम गरे पनि मानिसले असफलता महसुस गर्छ । तर यसबारे चिन्ता लिनुपर्ने अवस्था छैन। कहिलेकाहीँ वास्तुदोषले पनि धनको आगमनमा बाधा पुर्याउँछ साथै कमाएको धन पनि बचत हुन् सक्दैन । यस्तो अवस्था यस्ता वस्तु उपाय अपनाउन सकिन्छ।

सही दिशामा राख्नुहोस् तिजोरी- वास्तुका अनुसार तिजोरीलाई सही दिशामा राख्नु धेरै महत्त्वपूर्ण छ। त्यसैले तिजोरीलाई सधैँ दक्षिण दिशामा राख्नुहोस् र यसलाई खोल्दा ढोका उत्तर दिशामा खोल्नु पर्छ। यसो गर्नाले लक्ष्मी देवता प्रसन्न भई घरमा धन आर्जन हुने जनविश्वास रहेको छ ।
वास्तुका अनुसार घरको भित्तामा सही रङ्गको प्रयोग गर्नु अति आवश्यक हुन्छ । घरमा सही रङ्गको प्रयोग नगर्दा धेरै पटक समस्याको सामना गर्नुपर्ने हुन्छ । वास्तुका अनुसार कोठाको पूर्वमा सेतो, पश्चिममा नीलो, उत्तरमा हरियो र दक्षिणमा रातो रङ लगाउनु पर्छ । भनिन्छ यसो गर्नाले घरमा सकारात्मक ऊर्जाको वास हुन्छ ।

घरमा फोहोर राख्दा माता लक्ष्मी क्रोधित हुन्छिन्। भनिन्छ, जुन घरमा सरसफाइ हुँदैन, त्यहाँ लक्ष्मीको वास हुँदैन । यस्तो अवस्थामा घरमा माता लक्ष्मीको आशीर्वाद हुँदैन । जसले गर्दा मानिसले आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन्छ । घरको सरसफाईले आर्थिक बाधा हटाउँछ।
