धनगढी, जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।
माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।
राष्ट्रिय जनमोर्चा बाग्लुङमा अगाडि, प्युठानमा पछाडि
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी बाग्लुङमा अग्रता कायम गरिरहँदा प्युठानमा भने पछाडि परेको छ । बाग्लुङ–१ मा ९३०२ मत गन्दा जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका सूर्य पाठकले ३३४० हजार मतले पछ्याइरहेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार केसी एमालेका पाठकभन्दा मात्र नाै मतसहित अगाडि छन् ।
प्युठानमा भने एमालेका सूर्य थापाले राजमो अध्यक्ष दुर्गा पौडेललाई झिनो मतले पछि पारेका छन् । थापाले ८८२ मत ल्याउँदा पौडेलले ५६७ मत ल्याएकी छन् । दुर्गा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन् । जनमोर्चाले सत्तारुढ गठबन्धनको भागबन्डामा प्युठान र बाग्लुङ गरी दुई स्थान प्राप्त गरेको थियो ।