कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहे छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महŒवका साथ हेरेको कतारले रङ्गशाला निर्माणमा कुनै कमी बाँकी राखेको छैन। सबै रङ्गशाला वातानुकूलित छन् ।
अल बेट स्टेडियम
यो र ङ्गशालाको नाम ‘ बे ट अल शा आर’ बाट लिइएको हो । वास्तवमा यी पाल थिए, जुन ऐतिहासिक रूपमा कतार र खाडी क्षेत्रमा घुमन्ते मानिसले प्रयोग गर्दथे। यस रङ्गशालाको डिजाइनले कतारको विगत र वर्तमानलाई सम्मान गर्दछ। यो रङ्गशाला धेरै ठूलो छ। यस रङ्गशालाको उद्घाटन सन् २०२१ को नोभेम्बर ३० मा फिफा अरब कपका क्रममा गरिएको थियो।
६० हजार दर्शक क्षमताको यस रङ्गशालालाई विश्वकपपछि पुनर्निर्माण गरेर पाँच तारे होटल, सपिङ सेन्टर सँगै खेल चिकित्सा अस्पताललगायतका थुप्रै सुविधा उपलब्ध हुने स्थानमा परिणत गर्ने योजना कतारको छ। जीएसएएसबाट पाँच तारे रेटिङ पाएको यस रङ्गशालामा विश्वकपको उद्घाटन खेल हुनेछ । त्यसै गरी एक सेमिफाइनल खेलसहित नौ खेल यस रङ्गशालामा खेलाइने छ।