ज्योतिषशास्त्रमा बृहस्पति ग्रहलाई धर्म, सौभाग्य, ऐश्वर्य, सुख र शुभ कारक मानिएको छ । देव गुरु बृहस्पति कुण्डलीमा उच्च स्थानमा हुनुहुन्छ भने शुभ फल प्रदान गर्दछ। बृहस्पतिको राशि परिवर्तन एक वर्षमा हुन्छ। धार्मिक मान्यता अनुसार, बृहस्पति २४ नोभेम्बरको बिहान ०४:३६ बजे मीन राशिमा प्रवेश हुनेछन्।
बृहस्पतिको प्रभाव
गुरुमार्गी हुनुले सबै राशिका मानिसहरूमा विशेष प्रभाव पार्छ। ज्योतिष शास्त्रका अनुसार जुन व्यक्तिलाई ग्रहको प्रभाव पर्छ त्यस व्यक्तिलाई ग्रहको शुभ फल प्राप्त हुन्छ । बृहस्पति ग्रहको जुन व्यक्तिमा शुभ प्रभाव पर्दछ त्यस व्यक्तिको जीवनमा सुख-समृद्धि आउँछ।
बृहस्पतिको चाल परिवर्तन गरेर बनेको विशेष योग
बृहस्पति मीन राशिमा प्रवेश गर्दा ‘हंस पञ्च महापुरुष’ योग बन्नेछ। ज्योतिषशास्त्रमा यो योगलाई धन, व्यापार र करियरमा सफलताको लागि लाभदायक मानिएको छ । यो योगमा गरेको काममा सफलता मिल्ने जनविश्वास रहेको छ ।
मीन राशिमा ‘हंस पञ्च महापुरुष’ योगको प्रभाव-
गुरुको राशि परिवर्तन र हंस पञ्च महापुरुष योगको निर्माणले मीन राशिका व्यक्तिहरुको शुभ दिन सुरु हुन सक्छ । यस समयमा आर्थिक अवस्था बलियो हुनेछ। अविवाहितको विवाह तय हुन सक्छ। यो समयमा कुनै पनि नयाँ कामको थालनी गर्दा लाभ हुनेछ। रोजगारीको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्।
मीन राशिमा गुरु मार्गीको प्रभाव कस्तो रहन्छ-
ज्योतिषीहरूका अनुसार मीन राशिका व्यक्तिहरूका लागि बृहस्पति प्रथम र दसौँ घरको स्वामी हो। बृहस्पतिको साथसाथै शनिदेवको पनि यस राशिमा नजर रहनेछ। वास्तवमा, जनवरी १७, २०२३ बाट, मीन राशिमा शनिको साढे साती सुरु हुनेछ। यस्तो अवस्थामा मीन राशिका व्यक्तिहरूले बृहस्पतिको कृपाले आर्थिक लाभ प्राप्त हुनेछ।
