मङ्सिरको अशुभ राशिफल: महिनाभर दु:ख-कष्टले सताउँनेछ यी राशिलाई, कुन-कुन ?

हरेक दिन परिवर्तन हुने ग्रह नक्षत्रको आधारमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल निर्धारण गरिन्छ । आजबाट मंसिर महिना सुरु भएको छ, यस महिना ग्रह-नक्षत्रको स्थिति हुने परिवर्तनको आधारमा कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ ।  हेर्नुहोस् यस मंसिर महिनाको कुन-कुन राशिलाई सावधान रहन  पर्ने हुन्छ ?

मेष राशि 

महिनाको प्रारम्भमा मन खिन्न हुन सक्छ। मङ्सिर १४ गतेदेखि बोलीमा कठोरताको प्रभाव बढ्न सक्छ। कुराकानीमा सन्तुलित हुने प्रयास गर्नुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । सवारी साधनको सुखमा कमी आउन सक्छ। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ । व्यापारमा कठिनाइ आउन सक्छ। मंसिर १६ पछिको शैक्षिक कार्यमा सचेत रहनुहोस्।

मिथुन राशि 

मंसिर महिना मिथुन राशिका व्यक्ति अनावश्यक क्रोधबाट टाढा रहनुहोस्।मंसिर १२ पछि लुगा र सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् । मंसिर  १४ पछि, आत्मविश्वासमा कमी हुनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला । व्यापारमा पनि नजर राख्नु होला । कठिनाइ आउन सक्छ। मंसिर १७ गतेबाट कार्यस्थलमा परिवर्तन हुनसक्छ । खर्च बढ्नेछ।

तुला राशि 

महिनाको प्रारम्भमा धेरै आत्मविश्वास बढ्नेछ तर मन अशान्त रहन सक्छ। मंसिर ८ गते  देखि आत्मविश्वासमा कमी आउनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् मंसिर १९ गते बाट, व्यापारमा परिवर्तनको सम्भावना सृजना भइरहेको छ। केही कठिनाइहरू आउन सक्छन्। जीवनसाथीको स्वास्थ्यको पनि ख्याल गर्नुहोला । अभिभावकको सहयोग मिल्नेछ । धनको स्थितिमा सुधार आउनेछ।

प्रकाशित : बिहिबार, मङि्सर ०१, २०७९१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिनाको शुभ राशिफल: मङ्सिर महिना कुन राशिलाई रहला सबैभन्दा शुभ ? हेर्नुहोस् !