काजोलले खुलाइन् छोरी न्यासामा भएको परिवर्तनको रहस्य, बताइन् आफ्नो पनि सौन्दर्यको रहस्य !

एजेन्सी- बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा देवगन केही समयअघि आफ्नो परिवर्तनका कारण चर्चामा थिइन् । सामाजिक सञ्जालमा न्यासको तस्बिर र भिडियो निकै भाइरल भएका थिए, जहाँ उनी निकै सुन्दर देखिएकी थिइन् । न्यासाको तस्बिर र भिडियो भाइरल भएपछि फ्यानहरूले उनको सौन्दर्य परिवर्तनको बारेमा जान्न चाहन्थे, त्यसैले अहिले काजोलले यसबारे कुरा गरेकी छिन् ।

‘डीएनए इन्डिया’को रिपोर्ट अनुसार काजोलले भनिन्, ‘न्यासा इन्टरनेटमा निकै सक्रिय छिन् र उनलाई सौन्दर्य र स्वास्थ्यका बारेमा सबै कुरा थाहा छ । काजोलले थप भनिन् कि न्यासा हप्तामा तीन पटक फेस मास्क लगाउँछिन् र उनले मलाई पनि त्यही सल्लाह दिन्छिन्। त्यस्तै, बुबा अजयजस्तै उनी फिटन हुन् जिम मात्र होइन योगमा पनि ध्यान दिन्छन् ।

न्यासा अभिनय क्षेत्रबाट टाढा रहेपनि यसका बाबजुद पनि उनको तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । सामाजिक सञ्जालमा न्यासाका केही फ्यान पेज पनि छन् ।

न्यासा हालै केही कार्यक्रममा देखिएकी थिइन्, त्यसपछि उनको चर्चा झनै बढेको छ । फ्यानहरू पनि न्यासा चलचित्र क्षेत्रमा आउने प्रतिक्षामा छन् । मानिसहरु न्यासालाई अभिनेत्रीको रूपमा हेर्न चाहन्छन्।

प्रकाशित : बिहिबार, मङि्सर ०१, २०७९११:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केटी को’मा नेपाली दर्शक नाँच्दा अनुपम खेर मख्ख !