वैदिक ज्योतिषमा शनिदेवलाई सबैभन्दा सुस्त ग्रह मानिन्छ। शनिलाई एक राशिबाट अर्को राशिमा जान करिब साढे दुई वर्ष लाग्छ। शनि ग्रहले एक पटक राशि चक्र पूरा गर्न करिब ३० वर्ष लाग्छ। भनिन्छ, शनि ग्रहको आशीर्वाद बिना कुनै पनि व्यक्तिले उच्च पद प्राप्त गर्न सक्दैन। जनवरी १७, २०२३ मा शनिले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् कुन राशिले पाउँछ शनिदेवको आशीर्वाद-
वृष राशि
शनिदेव तपाईंको राशिको दशौं घरमा प्रवेश गर्नेछन्। यस अवधिमा कार्यस्थलमा उच्च पद प्राप्त गर्न सकिनेछ। वर्षौंदेखि भवन निर्माणको सपना देखेका मानिसको सपना पूरा हुनसक्छ। श्रमजीवीले उन्नति पाउनेछन्।
कन्या राशि
कन्या राशिको छैठौं घरमा शनिदेव प्रवेश गर्नेछन्। शनिदेवको कृपाले नयाँ कामको प्रस्ताव आउन सक्छ। यस गोचरबाट शत्रुहरू नष्ट हुनेछन्। वैदेशिक यात्रामा जाने सम्भावना छ। मिहिनेतको पूरा फल मिल्नेछ।
धनु राशि
शनिदेव धनु राशिको तेस्रो घरमा प्रवेश गर्नेछन्। शनि कुम्भ राशिमा प्रवेश गर्दा धनु राशि भएका व्यक्तिले शनिको साढे सातीबाट मुक्ति पाउनेछन्। यस अवधिमा तपाईंको भाग्यले साथ दिनेछ। तपाईंको साहस तथा परिक्रमा बढ्नेछ। हरेक काममा सफलता मिल्न सक्छ।