सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन, सुन ५ महिनाकै महँगो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। गएको केहि समय देखि निरन्तर बढ्दै आएको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार २ सय रुपैंयाँ कायम भएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि नेपाली बजारमा १ हजार रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज प्रतितोला तेजाबी सुन ९७ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९७ हजार ३ सय र सोमबार ९७ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९६ हजार ८ सय र सोमबार ९६ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन ५ महिना भन्दा बढी समयकै महँगो भएको छ

सुनको मूल्य तिहार पछि निरन्तर बढिरहेको छ। पछिल्लो वृद्धिले सुन नेपाली बजारमा ५ महिना यताकै महँगो हुन गएको छ। नेपाल सुन चाँदी महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य जेठ ३० गते यताकै उच्च हो। आज कायम भएको सुनको मूल्य १ सय ५५ दिनकै महँगो रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदी १ हजार ३ सय २५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २९, २०७९११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुनावलाई सरकारले दियो तीन दिन सार्वजनिक बिदा, तर बिदा भने हुने भयो चार दिन !