भोलि कार्तिक २९ गते मंगलबार: शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। कार्तिक २९ गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ। मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

कार्तिक २९ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – मंगलबार ।।। नक्षत्र-  तिष्य , १४:३९ बजे उप्रान्त अश्लेषा ।।। तिथि – सप्तमी , २६:५१ बजे उप्रान्त अष्टमी ।।। करण – भद्रा १३:५० बजेदेखि वव , २६:५१ बजे उप्रान्त तैतिल ।।। योग – शुक्ल , २३:५४ बजे उप्रान्त ब्रह्म ।।। कार्तिक २९, २०७९, मंगलबार।।। १५ नोभेम्बर, सन् २०२२ ।।। सप्तमी, मार्ग कृष्णपक्ष ।।। कछलागा, ११४३ ने.सं. ।।। सूर्योदय – ०६:२५ ।।। सूर्यास्त – १७:१० ।।।  शुभ साइत : – कुनै शुभ साइत छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

निर्माणको क्षेत्रमा केही नयाँ गर्न सकिनेछ । मनमा शान्ति मिल्नेछ। काममा प्रगतिको बाटो खुल्नेछ । अन्य ठाउँमा जान सकिन्छ। रोकिएका काम बन्नेछन् । प्रेम जीवन सुखद रहनेछ। प्रेममा भावुकता रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

उच्च अधिकारीले तोकेको काममा समयमा नै सकिनेछ। प्रगतिको नयाँ बाटो भेटिने छ। व्यापारमा सुधार आउनेछ । मनको शान्तिको लागि प्रयास गर्नुहोस्। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् पढाईमा सफलता मिल्नेछ । प्रेम जीवनमा खुसी हुनेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

काममा उन्नति सम्भव छ । स्वास्थ्यमा अचानक ठूलो लाभ हुन सक्छ। पढाइमा रुचि बढ्नेछ। परिवारमा आपसी मतभेदबाट बच्ने प्रयास गर्नुहोस्। प्रेममा सुन्दर यात्राको सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

विद्यार्थीहरू आफ्नो करियरमा नयाँ परियोजनाको प्राप्ति गर्नेछन् जसको कारण खुसी हुन सक्छन्। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ । साथीभाइको सहयोग मिल्नेछ । कुनै पनि ठूला व्यापार योजना फलदायी हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

व्यापारमा संघर्षको योग छ तर नयाँ परियोजनातर्फ प्रेरणा मिल्नेछ। यात्राको योजना बन्नेछ । जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । बुवाको सहयोग मिल्नेछ । आमाबाट धन प्राप्त गर्न सकिनेछ । जागिरमा परिवर्तन हुनसक्छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शिक्षण र मिडिया कक्षेत्रका मानिसको लागि राम्रो हुनेछ। काममा धेरै दिनदेखि रोकिएका काम पुरा हुनेछन् । आम्दानी बढ्नेछ । मन प्रसन्न रहनेछ। शैक्षिक तथा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ । व्यापार तथा जागिरमा लाभ हुनेछ । दाम्पत्य जीवन सुन्दर रहनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

काममा थोरै तनाव रहनेछ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्। व्यापार व्यवसायबाट धन प्राप्ति हुनेछ । धार्मिक कार्यमा व्यस्तता बढ्न सक्छ। खर्च बढ्नेछ। कपडा उपहार स्वरूप प्राप्त गर्न सकिन्छ। सवारीसाधन खरिद गर्ने विषयमा छलफल हुनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

विद्यार्थीहरू आफ्नो करियरको बारेमा उत्साहित हुनेछन्। काममा उन्नतिको अवसर मिल्न सक्छ । स्थान परिवर्तन पनि हुन सक्छ। काममा उच्च अधिकारीहरुको सहयोग मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सूचना प्रविधि तथा बैंकिङ क्षेत्रमा सफलता मिल्नेछ। घरको सुखसुविधा विस्तारमा खर्च बढ्न सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। काममा उच्च पद प्राप्त गर्न सकिनेछ । रोकिएको धनको आगमन हुने सङ्केत छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यापार व्यावसायबाट धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा परिवर्तनको योग रहेको छ । मिहिनेत बढी हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या आउनेछ । विद्यार्थीले सफलता हात पर्नेछ । पिताको सहयोग प्राप्त हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

स्वास्थ्यका लागि समय अनुकुल छ । यात्रा गर्नुपर्ने हुन सक्छ। साथीभाइको सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ । मनमा शान्ति मिल्नेछ। साथीभाइबाट रोजगारीको अवसर मिल्नेछ । सासु-ससुरा पक्षबाट फाइदा उठाउन सकिनेछ। व्यापार विस्तार हुनसक्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

व्यापारमा लाभ हुनसक्छ । धन आर्जनमा सफलता मिल्नेछ । क्रोध र जोश अत्यधिक अत्याधिक हुनेछ। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। बुवाको सहयोग मिल्नेछ । धैर्यताको कमी हुनेछ। काममा उन्नतिको अवसर मिल्न सक्छ ।

प्रकाशित : सोमबार, कार्तिक २८, २०७९१६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज कार्तिक २९ गते मंगलबार: कसरी बित्ला तपाईंको दिन ? हेर्नुहोस् आफ्नो राशिफल !