आजैबाट गर्नुहोस् दैनिक रूपमा यस्ता उपाय, सधैं घरमा हुनेछ माता लक्ष्मीको बास !

धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । जसलाई माता लक्ष्मीको कृपा प्राप्त हुन्छ, उसलाई जीवनमा विरलै कठिनाइको सामना गर्नु पर्ने जनविश्वास रहेको छ । त्यस्तै कुनै व्यक्तिसँग माता लक्ष्मी क्रोधित भएमा व्यक्ति कंगाल हुन् सक्छ । माता लक्ष्मीलाई प्रसन्न पार्न मानिसहरु दिनहुँ केही न केही उपाय गर्दछन् । शास्त्र अनुसार फोहोर घरमा माता लक्ष्मीको बास हुँदैन । त्यसैले दिनहुँ घर तथा घरको हरेक कुना सफा गर्नुपर्छ । जान्नुहोस् माता लक्ष्मीलाई प्रसन्न गर्ने सजिलो उपाय-

घरको नियमित सरसफाइ गर्ने– घर सफा भए मात्र लक्ष्मीको आगमन हुने जनविश्वास छ । त्यसैले घरको नियमित सरसफाई गर्नुपर्छ । गल्तीले पनि बेलुका घाम अस्ताएपछि कुचो लगाउनु हुँदैन । घर सफा गर्दा सूर्य अस्त हुनु भन्दा पहिले नै गर्नु पर्दछ।

घरको मुख्य ढोकामा बेसारले स्वस्तिक बनाउनुहोस्- धार्मिक मान्यता अनुसार घरको मुख्य ढोकामा दिनहुँ बेसारले स्वस्तिक बनाउँदा लक्ष्मीको आगमन हुने मान्यता रहेको छ । यो माता लक्ष्मीलाई प्रसन्न गर्ने मुख्य उपाय हो। स्वस्तिक बनाउनको साथसाथै घरको मूल ढोकामा दिनहुँ दियो बाल्नु शुभ मानिन्छ ।

माता लक्ष्मीको आरती गर्नुहोस्- हरेक दिन माता लक्ष्मीको आरती गर्नाले माता लक्ष्मीको घरमा आगमन हुन्छ। ज्योतिषीहरुका अनुसार माता लक्ष्मीको आरती र पूजा गर्नाले घरमा सुख–समृद्धि आउने गर्दछ । यो उपाय गर्नाले धनको वर्षा हुने सम्भावना रहन्छ ।

प्रकाशित : सोमबार, कार्तिक २८, २०७९१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२३ बाट यी राशिमा दयालु रहनेछन् शनि देव, मिल्नेछ भाग्यको पूरा साथ !