आउँदो मंसिर १९ गतेसम्म सूर्यझैँ चम्किनेछ यी राशिको भाग्य, धन-लाभसँगै बढ्नेछ मान-सम्मान

शुक्र ग्रहलाई सुख, धन, ऐश्वर्य, वैभव आदिको कारक मानिन्छ । नोभेम्बर ११(कार्तिक २५ गते) मा शुक्र ग्रह तुला राशि छोडेर वृश्चिक राशिमा प्रवेश गरेको छ । डिसेम्बर ५ सम्म शुक्र यस राशिमा रहनेछ। जान्नुहोस् डिसेम्बर ५ तारिख(मङ्सिर १९)सम्म कुन राशिका व्यक्तिलाई शुक्रदेवले फाइदा पुर्याउनेछ, मान-सम्मान मिल्नेछ । जान्नुहोस् कुन-कुन राशि ?

मकर राशि

मकर राशि हुनेहरुको कुण्डलीमा एघारौँ घरमा अष्टलक्ष्मी राजयोग बनिरहेको छ । ११ औँ घर भाग्यको स्थान मानिन्छ। वृश्चिक राशिमा शुक्रको आगमनले व्यवसायीलाई फाइदा हुनेछ । लगानीबाट लाभ मिल्नेछ ।

कुम्भ राशि

कुम्भ राशिका कुण्डलीको दसैँ घरमा अष्टलक्ष्मी राजयोग बनिरहेको छ । दशम घरलाई व्यापार र कामको स्थान मानिन्छ। यस अवधिमा तपाईलाई आर्थिक लाभ हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ । आम्दानीका स्रोत बढ्नेछन् । सन्तानबाट शुभ समाचार पाउन सकिनेछ ।

मीन राशि

मीन राशिका व्यक्तिहरुको कुण्डलीको नवौँ घरमा अष्टलक्ष्मी राजयोग बनिरहेको छ । नवौँ घरलाई भाग्यको स्थान मानिन्छ। यस समयमा तपाई भाग्यशाली हुनुहुनेछ। अविवाहितको विवाह तय हुन सक्छ। धनको हिसाबले यो समय राम्रो छ ।

प्रकाशित : आइतबार, कार्तिक २७, २०७९२१:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२३ मा यी ३ राशिको चम्किनेछ भाग्य, कुन-कुन ?