शुक्रबारबाट शुक्रदेवको राशि परिवर्तन, आउँदो २१ दिन यी राशिलाई वरदान साबित

काठमाडौँ : – शुक्र ग्रहलाई ज्योतिषशास्त्रमा निकै महत्वपूर्ण ग्रह मानिन्छ । शुक्र शुभ हुँदा माता लक्ष्मीको पनि विशेष आशीर्वाद प्राप्त हुन्छ। त्यस्तै शुक्रको अशुभ प्रभाव हुँदा व्यक्तिले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। कार्तिक २५ गते शुक्रबारबाट शुक्रले आफ्नो राशि परिवर्तन गरेको छ । यस दिनबाट शुक्र वृश्चिक राशिमा प्रवेश गरेको छ । कुनै ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा प्रभाव पार्छ। शुक्रको राशि परिवर्तनको कारण केही राशिका लागि शुभ दिन सुरु हुनेछ । जान्नुहोस् कुन-कुन राशि ?

मेष  राशि – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

आत्मविश्वास भरिपूर्ण हुनेछ। कुनै पनि नयाँ आम्दानीको स्रोत बन्न सक्छ। साथीभाइको सहयोग मिल्नेछ । यात्रामा पनि जान सकिन्छ । घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक पक्ष बलियो रहनेछ । यस समयमा नयाँ काम गर्न शुभ रहनेछ।

मिथुन राशि – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

आत्मविश्वासमा बृद्धि हुनेछ । काममा कामको बोझ बढ्न सक्छ। व्यापार विस्तार हुनसक्छ । बुवाको सहयोग मिल्नेछ । धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष सुदृढ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ रहनेछ। यो समयमा नयाँ कामको थालनी गर्न सकिनेछ । नयाँ कामबाट लाभ हुने पूर्ण आशा छ।

वृश्चिक राशि – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

आत्मविश्वासले भरिपूर्ण रहनेछ । काममा प्रगतिको बाटो खुल्नेछ । कार्यको दायरा फराकिलो हुनेछ । घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । धनको स्थितिमा सुधार आउनेछ। आत्मविश्वासले भरिपूर्ण हुनेछ नोकरी तथा व्यवसायका लागि समय शुभ मान्न सकिन्छ । परिवारजनको सहयोग रहनेछ। साथीभाइसँग समय बित्नेछ । शिक्षा क्षेत्रसँग आवद्ध व्यक्तिहरूका लागि यो समय वरदान भन्दा कम भन्न मिल्दैन ।

मीन राशि- दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

घरपरिवारमा धार्मिक कार्य हुनसक्छ । साथीको सहयोगले आम्दानी बढाउने माध्यम बन्न सक्छ । स्वास्थ्य सम्बन्धि समस्याबाट मुक्ति मिल्नेछ । मनमा शान्ति मिल्नेछ। मीन राशिका व्यक्तिहरुको आर्थिक पक्ष बलियो रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ।

प्रकाशित : आइतबार, कार्तिक २७, २०७९१९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्सिर ४ गते एकादशीमा ५ शुभ योग बन्दै, जान्नुहोस् पूजाको शुभ समय र महत्त्व