कार्तिक महिनाको यो अन्तिम साता शुभ-अशुभ कस्तो रहला, हेर्नुहोस् साप्ताहिक राशिफल

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – (कात्तिक २६ देखि मङ्सिर २ गतेसम्म)

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – ३० गते अष्टमी व्रत, भैरवाष्टमी । १ गते मार्ग सङ्क्रान्ति । २ गते गुह्येश्वरी जात्रा।

मेष राशि  (चु चे चो ला लि लु ले लो अ)

मध्यम खालको साता छ । समस्या बढी आए पनि गरेका काम बन्ने छन्। व्यापार, व्यवसायबाट फाइदा हुने देखिन्छ। खर्चको मात्रा अलिकति घट्ला। परिवारबाट पनि क्रमिक रूपमा सहयोग मिल्न थाल्ने छ। साताको सुरुका दुई दिन निकै काम बन्ने छन्।

वृष राशि (इ उ ए ओ वा वी वु वे वो)

खर्च बढे पनि यो सातालाई नराम्रो भन्न सकिँदैन । खासगरी स्वास्थ्यसम्बन्धी काममा खर्च होला। मद्दत गर्ने मित्र त्यति छैनन्। मुखले मात्रै ठिक्क पार्ने छन्। सुरुका दिनमा कुनै वस्तु बिग्रन वा हराउन सक्छ। प्राविधिक काममा त्यति ठूलो लाभ देखिन्न।

मिथुन राशि (का कि कु घ ङ छ के को हा)

राम्रो खालको साता छ । सुरुकै दिनमा इष्टमित्रसँग भेट हुने र केही रमाइलो समेत गरिने छ तर समष्टिगत रूपमा मित्रबाट विशेष सहयोग भने पाउनुहुनेछैन । पछाडिबाट धोका दिनेहरू धेरै छन्। भगवतीको सेवा गरेमा बाधा र अप्ठ्यारालाई हटाउन सकिने छ।

कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)

खर्च धेरे नै हुने साता छ । केही मात्रामा आम्दानी भए पनि बढ्दो खर्चलाई थेग्न गाह्रो पर्ला। व्यापार, व्यवसायबाट सामान्य लाभ मात्रै हुने छ। घर परिवारले भने राम्रै सहयोग दिने छन्। विवाह वा प्रेमसम्बन्धी कुरामा प्रगतिकोसङ्केत देखा पर्छ।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)

सम्मान र प्रतिष्ठा बढ्ने छैन । मेहनत भने प्रशस्त पर्नेछ। अध्ययन गर्न खोज्दा एकाग्रताको एकदमै अभाव देखिन्छ। निरर्थक भ्रमण भने बढी नै होला । लामोयात्राको सम्भावना कम छ। नजिकका भन्दा टाढाका नातेदारले विशेष सहयोग गर्नेछन्।

कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)

राम्रै खालको साता छ। मङ्गलबार सम्म राम्रो छ र केही महìवपूर्ण काम पनि बन्नेछन् । बुधबार व्यावसायिक काममा विशेष तल्लीन हुनुपर्ने छ। पढाइमा राम्रै प्रगति देखिन्छ। मित्रबाट पाइने सहयोगमा कमी हुने छैन।

तुला राशि (र  रि रु रे रो ता ति तु ते)

यो साता खर्च नघटे पनि केही महìवपूर्ण काम बन्नाले मन प्रसन्न होला। सामुन्ने आएका बाधा व्यवधानलाई सजिलैसित समाधान गर्न सक्नुहुनेछ। खासगरी प्राविधिक काममा प्रगति हुनेछ। इष्टमित्रबाट राम्रै सहयोग पाउनुहोला। प्रेमको सम्बन्धमा सफलता मिल्नेछ।

वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)

साताको पूर्वाद्र्ध त्यति राम्रो छैन। गरेका काममा बाधा तेर्सिएलान्। बुधबारदेखि राम्रो लक्षण देखा पर्छ। व्यावसायिक काममा समेत सोचेजति फाइदा हुनेछैन। गणेश र नारायणको निरन्तर सेवा गरि रहनुहोस्। नोकरीबाट प्राप्त र कमले व्यवहार चलाउनु पर्नेछ।

धनु राशि (ये यो भा भी भू ध फा ढा भे)

खर्च बढी नै रहला। त्यसलाई नियन्त्रण गर्न गाह्रो छ। सूर्यको आराधनाले खर्च केही घटाउन मद्दत गर्ला। सोमबार र मङ्गलबार त्यति राम्रा छैनन्। ठूलो रकमको लेनदेन नगर्नुहोस्। बुधबार देखि राम्रो समाचार सुन्न पाउनु हुनेछ। शिक्षाको क्षेत्रमा आंशिक प्रगति हुनेछ।

मकर राशि (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

यो साता धेरै दौडधुप पर्ला। परिश्रम गरेअनुसार उपलब्धि देखिन्न तर शून्यता पनि छैन। बुधबार सम्म धेरै काम बन्नेछन्। बिहीबार र शुक्रबार भने मन खिन्न पार्ने घटना हुनसक्छ। शिवजीको दर्शन गरि रहनुहोस्। जागिरको सम्बन्धमा समेत खिन्न पार्ने कुरा हुन सक्छ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

नराम्रो साता छैन । पहिलेको स्थितिमा सुधार हुनेछ। लेख्ने र पढ्ने काममा राम्रै प्रगति गरिने देखिन्छ। व्यापार, व्यवसायले पनि मनग्गै टेवा देला। नजिकका नातेदारले भने त्यति ठूलो सहयोग दिने छैनन्। जागिरबाट मद्दत मिली नै रहला।

मीन राशि (दी दू थ झ दे दो चा ची)

साताको सुरुमा स्वास्थ्य बिग्रन सक्छ। शिवजीको आराधना गरेमा त्यसलाई निराकरण गर्न सकिने छ। बुधबार देखि भने गतिला काम हुनेछन्। हातले समातेको व्यवसायले राम्रै आर्थिक लाभ गराउला । साताको धेरै समय शैक्षिक गतिविधिमा बित्ला।

प्रकाशित : आइतबार, कार्तिक २७, २०७९१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कार्तिक २८ गते सोमबारको राशिफल : यी राशिमाथि रहनेछ शिवजीको कृपा, सुखद् हुनेछ दिन