एजेन्सी- पछिल्लो समय अभिनेत्री बिपाशा बसु उनको गर्भावस्थालाई लिएर लगातार चर्चामा छिन्। पछिल्लो समय अभिनेत्रीका फ्यान अभिनेत्रीको जुन क्षणको प्रतीक्षामा थिए त्यो क्षण अन्ततः आएको छ। अहिले बिपाशा बसु र करण सिंह ग्रोवरले आफ्नो पहिलो सन्तानलाई स्वागत गरेका छन् । नायिकाले छोरीलाई जन्म दिएकी छिन्।
यो खुसीको अवसरमा यो जोडीलाई फ्यानदेखि सेलिब्रेटीसम्म सबैबाट धेरै धेरै बधाई र माया पाइरहेका छन्। रणवीर कपुर र आलिया भट्टपछि अब बलिउडको यो जोडी पनि अभिभावक भएका छन्। गत अगस्टमा विपाशाले आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । दुवैले अभिनेत्रीको बेबी बम्पको तस्बिर सेयर गरेका थिए जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।
भारतीय मिडिया रिपोर्टका अनुसार अभिनेत्रीले शनिबार नोभेम्बर १२ मा छोरीलाई जन्म दिएकी छिन्। बिपाशाले सन् २०१६ मा करणसँग विवाह गरेकी थिइन्। अभिनेत्रीले एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनी र करण कोविड भन्दा पहिले बच्चाको योजना बनाइरहेका थिए, तर कोभिडका कारण उनीहरूले आफ्नो योजना पछि सारेका थिए। रिपोर्टका अनुसार ४३ वर्षको उमेरमा अभिनेत्रीले छोरीलाई जन्म दिएकी छन्।