मधेशमा आचार संहिताको व्यापक उल्लंघन: डिजेबाजासहित भारतीय सवारी प्रयोग !

लाहान । निर्बाचन आयोगले उम्मेदबारको लागि तयार पारेको आचारसंहिताको व्यापक उल्लंघन गरी तराई मधेशका जिल्लामा प्रचार प्रसार भइरहेको छ । तराई मधेशको सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा आचारसंहिता विपरित ठूला राजनीतिक दलदेखि साना राजनीतिक दलका उम्मेदबारले प्रचार प्रसार गर्दैआएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

यस्ता जिल्लाका हरेक दलका उम्मेदबार र स्वतन्त्र उम्मेदबारले डिजे बाजागाजासहित चर्को आवाजमा प्रचार प्रसार गरेको पाइएको छ । एक उम्मेदबारले यस्तो डिजे बाजागाजासहितको ३ वटासम्म सबारी साधन प्रचारप्रसारका लागि प्रयोगमा ल्याएका छन् ।

यस्ता डिजेसहितको सबारी साधन दिनभर बजार क्षेत्रसहित ग्रामिण क्षेत्रमा उम्मेदबार र उनका कार्यकर्ताले चर्को आवाजमा डुलाउँदै आएका छन् । अधिकाँश उम्मेदबारले भोजपूरी भाषामा गीत संगितसहित आ–आफ्नो प्रचार सामग्री तयार पार्न लगाएका छन् । यस्तो प्रचार सामग्री उम्मेदबारले डिजेसहितको सबारी साधनमार्फत दिनभर बजाउन लगाउँदै आएका छन् ।

उम्मेदबार र कार्यकर्ता कतिसम्म समवेदनाहीन भएको पाइएको छ भने अस्पताल क्षेत्र र बिद्यालय क्षेत्रमा पनि यस्तै चर्को आवाजमा यस्तो भडकिलो प्रचार सामग्रीको प्रयोग गरेका छन् । अस्पतालका बिरामी र बिद्यालयका बालबालिकालाई चर्को आवाजले नराम्रो असर पु¥याए पनि स्थानीय निर्बाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले यस्तो प्रकारको प्रचार सामग्रीमा रोक लगाउन कुनै चासो देखाएको छैन् ।

‘अस्पताल नजिकै दिनभरमा दर्जनौपटक यस्तो चर्को आवाजमा प्रसार प्रसार गर्दा उक्त चर्को आवाज सुन्न नसकेर बिरामीलाई निक्कै मानसिक तनाव भएको छ,’ प्रादेशिक अस्पताल सिराहाका एक चिकित्सक भन्छन, ‘यो बिषयमा उम्मेदबार आफै पनि बिचार पु¥याउनुपर्छ । स्थानीय प्रशासन र निर्बाचन कार्यालयले पनि अनुगमन नगर्दा समस्या निम्तिएको हो ।’

उम्मेदबारको प्रचार प्रसार गर्ने शैली यतिमै सिमित छैन् । उम्मेदबारहरुले बजार, प्रमुख राजमार्ग, सहायक राजमार्ग र ग्रामिण भेगमा सञ्चालन भइरहेका सार्वजनिक टेम्पु, म्याजिक, विंगर, बस, ट्रकलगायतमा पनि पर्चा, पम्पलेट, फ्लेक्स प्रिन्टलगायत आफ्नो प्रचार सामग्री झुण्डयाएर त्यस्ता सबारी साधनलाई कुरुप मात्रै बनाएका छैनन्, बरु सर्वसाधारण यात्रुलाई समेत मानसिक रुपमा पीडा दिने काम भएको छ ।

तराई मधेशका प्रायःजसो सबै जिल्लाको बजार क्षेत्रमा रहेका पसल, चोक, पार्क, बिजुलीको पोलमा आ–आफ्नो प्रचार प्रसार सामग्री राखेर बजार नै कुरुप बनाएका छन् । प्रचारको शैली यतिमै सिमित छैन, कतिपय दलका उम्मेदबारले महिलाले लगाउने फरिया(साडी) मै आफ्नो पार्टीको नाम र मत चिन्ह छपाएर त्यस्ता साडी महिलाहरुलाई बाँडेका छन भने कतिले तराई मधेशमा सुरु भएको जाडोयामको मौका छोपेर सिरक, डस्ना र लुगाफाटोसमेत बितरण गर्न थालेका छन् ।

आचार संहिता विपरित प्रचार प्रसार भइरहेको बिषयलाई सिराहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदबारी दिएका रामरिझन यादबले पत्रकार सम्मेलन नै गरि उठान गरेका छन् । यादबले व्यापक रुपमा आचार संहिता उल्लंघन भइरहँदा स्थानीय सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन् ।

उनले सदरमुकाम, जिल्लाका मुख्य बजार तथा ग्रामिण क्षेत्रमा उम्मेदबार र दलहरुले आचारसंहिताको धज्जी उडाएको आरोप लगाए ।

प्रकाशित : शुक्रबार, कार्तिक २५, २०७९०८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब नेपालमै आधा सेकेन्डभित्रै सिटी स्क्यान ! कहाँ ?