आज कहाँ-कहाँ पर्न सक्छ पानी ?

काठमाडौं,  मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपातको आकलन गरिएको छ ।महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ ।

प्रकाशित : बिहिबार, कार्तिक २४, २०७९०७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकै परिवारका तीनसहित ६ जनाको भूकम्पले लियो ज्यान, ठाउँठाउँमा गयो पहिरो !