यस महिनामा धेरै ग्रहहरूले आफ्नो स्थान परिवर्तन गर्ने भएका छन्। स्थान परिवर्तन गर्दा ग्रहहरू एक राशिबाट अर्को राशिमा सर्नेछन्। मान्यता अनुसार राशि अनुसार ग्रहहरुको परिवर्तनको प्रभाव मानव जीवनमा पर्दछ। ज्योतिषशास्त्रका अनुसार यो महिनामा सूर्य, शुक्र र बुधको गोचर हुनेछ। यी तीन ग्रहको राशि परिवर्तन फरक-फरक समयमा हुन्छ।
यस महिनामा नोभेम्बर ११ बाट शुक्र वृश्चिक राशिमा प्रवेश गर्नेछ। मेष, सिंह र कन्या राशिका लागि यो राशि परिवर्तन शुभ हुनेछ। घरमा सुख-समृद्धि आउन सक्छ। व्यापार व्यवसायमा लाभ लिन सक्नेछन् । करियरमा सफलता मिल्नुका साथै जागिरे व्यक्तिले पदोन्नति पाउन सक्नेछन्। तलब-भत्ता पनि बढ्न सक्छ।
बुद्धि दाता बुधले पनि यस महिनामा राशि परिवर्तन गर्नेछ। नोभेम्बर १३ तारिखबाट बुध वृश्चिक राशिमा प्रवेश गर्नेछ। वृष, सिंह, धनु र वृश्चिक राशिका व्यक्तिहरूलाई बुधको यो राशि परिवर्तनबाट लाभ मिल्नेछ। नयाँ सवारी साधन किन्न सकिनेछ। व्यापार व्यवसायमा पनि फाइदा हुन सक्छ । वैदेशिक यात्राको योग रहेको छ। यस अवधिमा आपसी भ्रातृत्व पनि बढ्न सक्छ। करियरमा पनि राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। साथै अन्य धेरै फाइदा हुने सम्भावना छ।
ज्योतिष शास्त्रका अनुसार सूर्य भगवान पनि यसै महिनाको १६ नोभेम्बरमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। यस राशि परिवर्तनको कारण धेरै राशिका मानिसहरुका लागि समय अनुकूल रहन सक्छ। मिथुन, कर्कट लगायत धेरै राशिका व्यक्तिहरूले सूर्यदेवको साथ प्राप्त गर्न सक्छन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले सफलता पाउन सक्छन्। घरमा पनि शान्तिको वातावरण बन्न सक्छ। कार्यस्थलमा पनि समय तपाईको पक्षमा हुनसक्छ। अफिसरको पूर्ण सहयोग मिल्नेछ र काममा सहकर्मीले सहयोग गर्नेछन्। धेरैले व्यापारमा राम्रो नाफा कमाउने मौका पनि पाउने छन्।