चाणक्य नीति: धन कमाए भन्दैमा भुल्नु हुँदैन यस्ता चीज, अन्यथा फेरी भइएला कंगाल !

चाणक्य नीति- आचार्य चाणक्यले आफ्नो नीति शस्त्रमा मानव जीवनको बारेमा धेरै कुराहरू बताएका छन्। उनका नीतिहरूमा ज्ञानको अद्भुत भण्डार लुकेको छ। उनको नीति र भनाइ पहिलेको समयमा जति प्रभावकारी थियो आजको समयमा पनि उत्तिकै प्रभावकारी छन्। उनको नीति अनुसरण गर्नेहरूले जीवनमा सफलता प्राप्त गर्छन्।

आचार्य चाणक्यले मानिसको आर्थिक जीवनदेखि लिएर वैवाहिक जीवनको बारेमा पनि बताएका छन्। उनका यी नीतिहरू धेरै प्रकारका समस्याहरूको लागि रामवाण मानिन्छन्।

दान

पैसा कमाएपछि सधैँ जम्मा वा बचत मात्र गर्नु हुँदैन। यसको एक अंश दान वा राम्रो काममा प्रयोग गर्नुपर्छ। माता लक्ष्मी कन्जुस मानिसहरूको घरमा कहिल्यै पनि बास गर्दिनन्।

राम्रो कामहरु

चाणक्य नीतिका अनुसार मानिसको कर्मले राम्रो र नराम्रो परिणाम दिन्छ। यस्तो अवस्थामा राम्रो कर्म गरिरहनुहोस्, खराब कर्मको फल एक दिन नराम्रो नै हुन्छ। खराब कर्मको परिणामले मानिसलाई गरिबी, दुःख, रोग, बन्धन र विपत्तिको रूपमा आउँछ।

नैतिक कार्य

मानिसले सधैँ नैतिक कर्मले मात्र पैसा कमाउनुपर्छ। नराम्रो काम गरेर वा कसैलाई चोट पुर्‍याई वा धोका दिएर कमाएको पैसा धेरै दिन टिक्दैन। यस्तो पैसा कुनै न कुनै रूपमा खर्च हुन्छ। त्यस्ता व्यक्तिले जीवनभर गरिबीको सामना गर्नुपर्ने हुन्छ।

धनको सम्मान

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा भनेका छन् कि पैसा कमाएपछि अवश्य बचत गर्नुहोस् तर सधैँ धन तथा पैसाको सम्मान पनि गर्नुपर्छ। धनको सम्मान नगर्ने व्यक्तिसँग माता लक्ष्मी कहिल्यै प्रशन्न हुन्नन्। त्यस्ता मानिसहरूले जीवनको कुनै न कुनै समयमा गरिबी र अभावको सामना गर्नुपर्छ।

प्रकाशित : सोमबार, कार्तिक २१, २०७९१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरेक सोमबार गर्नुहोस् यस्ता उपाय, मिल्नेछ भोलेनाथको हुनेछ विशेष कृपा !