जो सलमानसँग कम गर्छ त्यो अभिनेत्री फ्ल:-प हुन्छन्, अभिनेत्री सोनाक्षीले खोलिन् राज !

एजेन्सी- बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘डबल ए-क्स:एल’ आज रिलिज भएको छ । नायिकाले दर्शकको निकै माया पाइरहेका छन् । यसअघि पनि उनले धेरै फिल्मबाट दर्शकको मन जितिसकेका छन् । तर एक समय यस्तो आयो जब उनको करियर डुब्दै गएको थियो। अभिनेत्रीले  हालैको एक अन्तर्वार्तामा अभिनेत्रीले बलिउड क्षेत्रसँग सम्बन्धित धेरै खुलासा गरेकी छन् ।

पहिलो फिल्मपछि बलिउड क्षेत्रले डरायो 

सोनाक्षीले भनिन् आफूलाई सलमान खानसँग काम गर्ने विषयमा धेरैले गलत कुरा भएका थिइन् । उनले फिल्म दबंगमा सलमानको अपोजिटमा काम गरेकी थिइन् । यो फिल्मको सफलता पछि, उनले धेरै मानिसहरूबाट सुन्नु परेको थियो कि सलमानसँग आफ्नो करियर सुरु गर्ने कुनै पनि अभिनेत्रीले छिट्टै बलिउड क्षेत्रबाट बिदा हुन्छन् । बलिउड क्षेत्रमा नयाँ कलाकारलाई धेरै डराउने गरेकोमा निकै दुःख लागेको अभिनेत्रीले बताइन् । तर, त्यो प्रारम्भिक समयमा पनि उनले यी कुरामा ध्यान दिएनन्, जसका कारण उनी आज राम्रो स्थितिमा छन् ।

सोनाक्षीको आगामी चलचित्र
अभिनेत्रीको वर्क:-फ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक अभिनेता अजय देवगनको अपोजिटमा देखिएकी थिइन् । यस बाहेक उनी छिट्टै हरर कमेडी फिल्म स्पूक:-टाकुलरमा देखिनेछिन् । फिल्ममा सोनाक्षीका अलावा अभिनेता रितेश देशमुख र साकिब सलीम पनि मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित : सोमबार, कार्तिक २१, २०७९१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी अभिनेताले आलिया-रणबीरलाई विवाह गरेको ७ महिनामा अभिभावक बनेकोमा दिए बधाई, मानिसहरु गर्दै अलोचना !