वर्षको अन्तिम चन्द्रग्रहण नोभेम्बर ८ मा लाग्दैछ । यो चन्द्रग्रहणले केही मानिसको लागि धेरै समस्या ल्याइरहेको छ । यस पटक चन्द्रग्रहणमा शनि-मंगलको ‘षडाष्टक योग’ बनिरहेको छ । यसका कारण सबै १२ राशिमा यसको प्रभाव पर्ने सम्भावना छ । यस चन्द्रग्रहणमा मानिसहरु सावधानी अपनाउनुपर्ने र ग्रहणको नराम्रो प्रभावबाट बच्न विभिन्न विशेष उपाय अपनाउनु पर्ने धार्मिक विद्वानहरु बताउँछन् ।
मेष: मानसिक तनाव रहनेछ। मिश्री मिसाएको पानी चन्द्रमामा अर्घ्य दिनुहोस् ।
वृष: आँखामा समस्या आउनेछ। नुन सेवन कम गर्नुहोस्।
मिथुन: धनमा समस्या आउन सक्छ। काँचो दूधले महादेवको अभिषेक गर्नुहोस्।
कर्कट: शारीरिक समस्या आउन सक्छ। ‘ॐ सोमय नमः’ जप गर्नुहोस्।
सिंह: रोगमा धन खर्च बढ्नेछ, ॐ नमः शिवाय जप गर्नुहोस्।
कन्या: धन प्राप्तिमा समस्या हुनेछ। शिवलिंगमा एक चिम्टी चामल चढाउनुहोस्।
तुला: काममा समस्या आउनेछ। शिव चालिसाको पाठ गर्नुहोस्।
वृश्चिक: पिताको स्वास्थ्य बिग्रन सक्छ। चाँदीको भाँडोबाट पानी पिउनुहोस्।
धनु: ससुरालीसँगको सम्बन्ध बिग्रन सक्छ। खाना र कपडा दान गर्नुहोस्।
मकर: व्यापारमा समस्या बढ्न सक्छ। चन्द्र स्तोत्रको पाठ गर्नुहोस्।
कुम्भ: गोप्य शत्रुहरूले तपाईंलाई सताउनेछन्। शिवाष्टक पाठ गर्नुहोस्।
मीन: प्रेम सम्बन्धमा समस्या आउनेछ। मोती लगाउनुहोस्।
ग्रहण समय
वर्षको अन्तिम चन्द्रग्रहण नेपालमा कार्तिक २२ गते साँझ ५:११ बजे देखि सुरु हुनेछ र साँझ ६:३४ मा समाप्त हुनेछ। यस्तो अवस्थामा चन्द्रग्रहणको सुतक अवधि बिहान ९:११ बजेबाट सुरु भई ६:३४ बजे समाप्त हुनेछ। यो वर्षको अन्तिम चन्द्रग्रहण मेष राशिमा लाग्नेछ ।
विनाशकारी योग बन्दै
ज्योतिष शास्त्रको अनुसार यस पटकको चन्द्रग्रहण आंशिक हुनेछ र नेपाल लगायत केही देशमा मात्रै देख्न सकिनेछ । यस अवधिमा कुनै पनि प्रकारको शुभ वा धार्मिक कार्य गर्न निषेध गरिएको छ । यस दिन मंगल, शनि ग्रह, सूर्य ग्रह र राहु आमनेसामने हुनेछन् । यसका साथै तुला राशिमा चन्द्रमा, बुध, सूर्य र शुक्रको विनाशकारी योग बनिरहेको छ। तसर्थ यस चन्द्रग्रहणको समयमा सबै मानिसहरूले सतर्क रहन र विशेष उपायहरू अपनाउनु आवश्यक छ।