साताको शुभ राशि: यो हप्ता यी ६ राशिमा हुनेछ माता लक्ष्मीको कृपादृष्टि, बन्नेछन् मालामाल

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?

साताको राशिफल : – कात्तिक १९ देखि २५ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

वृष राशि (इ उ ए ओ वा वी वु वे वो)

सातालाई राम्रै रूपमा लिन सकिन्छ । स्वास्थ्यसम्बन्धी अलिअलि समस्या परे पनि तपाईंको लक्ष्यलाई बाधा पुग्ने देखिन्न । नातेदारबाट भने त्यति ठूलो सहयोग होलाजस्तो छैन । विवाहसम्बन्धी कुरा अझैँ पनि अड्किएकै छ । देवीको दर्शन गरिरहनुहोस् ।

मिथुन राशि (का कि कु घ ङ छ के को हा)

साताका धेरै दिन तपाईंका लागि अनुकूल देखिन्छन् । खर्च नघटे पनि काम बन्नाले मन प्रसन्न होला । दौडधुप बढी हुन जानेछ । व्यापार, व्यवसायबाट मनग्गै लाभ हुने देखिन्छ । साताको अन्तिमतिर बढी खर्च होला । शिक्षाको क्षेत्रमा समेत सुधार हुने स्थिति छ।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)

साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । गरेको काममा बाधा आउनुका साथै मन खिन्न होला । सोमबारदेखि भने पूरा साता नै राम्रो रूपमा देखा पर्छ । धार्मिक काम प्रशस्त हुनेछन् । गरेका काममा सफलता पनि छ । आर्थिक स्थिति राम्रो रहला । काम गर्ने जाँगर पनि बढ्ला ।

वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)

बौद्धिक स्थिति निकै सप्रिएर आएको छ । तपाईंको मुखबाट निक्लिएको वाणीले धेरै व्यक्ति प्रभावित हुनेछन् । पढाइ र लेखाइ दुवैतिर मन जाला तर व्यापारसम्बन्धी काममा भने हाल ठूलो उपलब्धि देखिँदैन । बुधबार नारायणको दर्शन र आराधना गर्नुमा कल्याण छ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

साताको अन्तिम भागमा केही समस्या परे पनि बुधबारसम्मका दिन राम्रा छन्। गरेका काम प्रायः बन्ने नै छन् । मनमा भएको शङ्का र पिर बिस्तारै घटेर जानेछ । स्वास्थ्यको स्थिति मध्यम रहला । जागिरबाट कम र व्यापार, व्यवसायबाट बढी लाभ हुन सक्छ।

मीन राशि (दी दू थ झ दे दो चा ची)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । नातेदारसँग भेट हुनुका साथै रमाइलो पनि बढी गरिएला । असल काम गर्नतिर मनको प्रवृत्ति लाग्नेछ । धार्मिक कार्य प्रशस्त हुनेछन् । आर्थिक स्थिति पनि तपाईंका लागि खिन्न पार्ने खालको छैन । सूर्यको आराधना भने गरिरहनुहोस् ।

प्रकाशित : आइतबार, कार्तिक २०, २०७९१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वृश्चिक राशिमा ‘लक्ष्मी नारायण योग’ बन्दै, ३ राशिमा रहनेछ बुध-शुक्र देवको विशेष कृपा