कात्तिक २५ गतेसम्मको साप्ताहिक राशिफल : यी ४ राशिलाई हुनेछ धनको वर्षात्, चम्किनेछ भाग्य

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – कात्तिक १९ देखि २५ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताका चाड : – १९ गते शनि प्रदोष व्रत, मन्वादि । २० गते वैकुण्ठ चतुर्दशी । २१ गते शिव वैकुण्ठ चतुर्दशी, पूर्णिमा व्रत । २२ गते कार्तिक स्नान र चतुर्मास व्रतको पूर्ति, मन्वादि, (सकिमना पुन्ही), खग्रास चन्द्र ग्रहण । २५ गते फाल्गुनानन्द जयन्ती।

मेष राशि  (चु चे चो ला लि लु ले लो अ)

यो साता खर्च बढ्ला, घट्ने क्रममा छैन । परदेश यात्रासमेत हुनसक्छ । मित्रहरू भए पनि तिनीहरूबाट खास ठूलो सहयोग लिन पाइने ग्रहस्थिति छैन । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । शनिबार र आइतबार बढी खर्च हुनेछ । पढाइसमेत हाललाई कम छ ।

वृष राशि (इ उ ए ओ वा वी वु वे वो)

सातालाई राम्रै रूपमा लिन सकिन्छ । स्वास्थ्यसम्बन्धी अलिअलि समस्या परे पनि तपाईंको लक्ष्यलाई बाधा पुग्ने देखिन्न । नातेदारबाट भने त्यति ठूलो सहयोग होलाजस्तो छैन । विवाहसम्बन्धी कुरा अझैँ पनि अड्किएकै छ । देवीको दर्शन गरिरहनुहोस् ।

मिथुन राशि (का कि कु घ ङ छ के को हा)

साताका धेरै दिन तपाईंका लागि अनुकूल देखिन्छन् । खर्च नघटे पनि काम बन्नाले मन प्रसन्न होला । दौडधुप बढी हुन जानेछ । व्यापार, व्यवसायबाट मनग्गै लाभ हुने देखिन्छ । साताको अन्तिमतिर बढी खर्च होला । शिक्षाको क्षेत्रमा समेत सुधार हुने स्थिति छ।

कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मन जाला भने गरेका काम पनि बन्ने छन् । स्वास्थ्यको स्थिति राम्रै रहनेछ । रिस गर्नेहरू भए पनि हाललाई तिनीहरूले केही बिगार्न सक्ने छैनन् । नारायणको दर्शन गरिरहे अरू समृद्धि प्राप्ति हुनेछ ।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)

साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । गरेको काममा बाधा आउनुका साथै मन खिन्न होला । सोमबारदेखि भने पूरा साता नै राम्रो रूपमा देखा पर्छ । धार्मिक काम प्रशस्त हुनेछन् । गरेका काममा सफलता पनि छ । आर्थिक स्थिति राम्रो रहला । काम गर्ने जाँगर पनि बढ्ला ।

कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)

खर्च घट्ने स्थिति छैन । कमाएको पैसाले नपुगेर सञ्चित धनको व्ययसमेत होला । व्यावसायिक कामबाट भने राम्रै प्राप्ति गर्न सक्नुहुनेछ । प्राविधिक काममा विशेष सफलता देखिनाले तपाईंको प्रतिभालाई त्यतैतिर मोड्नुहोस् । नातेदार र मित्रबाट गतिलो सहयोग पाउनुहुनेछ ।

तुला राशि (र  रि रु रे रो ता ति तु ते)

यो साता सङ्घर्ष निकै गर्नुपर्नेछ । सानोतिनो चोटपटक लाग्न पनि सक्छ । गणेशको दर्शन गरिरहनुहोस् । सहयोग गर्ने र रिस गर्नेहरूको सङ्ख्या बराबरै छ । यात्रा भए पनि विशेष फलदायी देखिन्न । शिक्षाको क्षेत्रमा अ ́ै प्रगति हुन सकेको छैन । सूर्यलाई नित्य जल दान गर्नुहोस् ।

वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)

बौद्धिक स्थिति निकै सप्रिएर आएको छ । तपाईंको मुखबाट निक्लिएको वाणीले धेरै व्यक्ति प्रभावित हुनेछन् । पढाइ र लेखाइ दुवैतिर मन जाला तर व्यापारसम्बन्धी काममा भने हाल ठूलो उपलब्धि देखिँदैन । बुधबार नारायणको दर्शन र आराधना गर्नुमा कल्याण छ।

धनु राशि (ये यो भा भी भू ध फा ढा भे)

साताको सुरुमा स्वास्थ्यसम्बन्धी समस्या पर्ला र स्वास्थ्यकै लागि बढी खर्च गर्नुपर्नेछ । प्राविधिक कामबाट भने राम्रै लाभ होला । पढाइमा अझैँ पनि आउनुपर्ने गति आएको छैन । सोमबारदेखि राम्रो छ । व्यापार, व्यवसायबाट गतिलो लाभ हुनसक्छ।

मकर राशि (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

मेहनत प्रशस्त पर्ला । परिश्रम बढेझैँ उपलब्धि पनि राम्रै लिन सक्नुहुनेछ तर स्वास्थ्य भने पूरा ठीक रहने छैन । जागिरको चिन्ता अझैँ पनि छुट्ने देखिँदैन । जतिसुकै प्रयास गरे पनि काम गरेको स्थानमा मालिक खुसी हुने छैनन् । पीपलमा नित्य जल दान गरेमा कल्याण हुनेछ ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

साताको अन्तिम भागमा केही समस्या परे पनि बुधबारसम्मका दिन राम्रा छन्। गरेका काम प्रायः बन्ने नै छन् । मनमा भएको शङ्का र पिर बिस्तारै घटेर जानेछ । स्वास्थ्यको स्थिति मध्यम रहला । जागिरबाट कम र व्यापार, व्यवसायबाट बढी लाभ हुन सक्छ।

मीन राशि (दी दू थ झ दे दो चा ची)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । नातेदारसँग भेट हुनुका साथै रमाइलो पनि बढी गरिएला । असल काम गर्नतिर मनको प्रवृत्ति लाग्नेछ । धार्मिक कार्य प्रशस्त हुनेछन् । आर्थिक स्थिति पनि तपाईंका लागि खिन्न पार्ने खालको छैन । सूर्यको आराधना भने गरिरहनुहोस् ।

प्रकाशित : शनिबार, कार्तिक १९, २०७९०९:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कार्तिक २१ गतेको राशिफल : ४ राशिलाई सुखद् छ सोमबारको दिन, सावधान रहनुस् ३ जातक