काठमाडौँ : ज्योतिष शास्त्रमा ग्रहहरुको स्थितिलाई विशेष मानिन्छ। जब कुनै ग्रहले आफ्नो स्थिति परिवर्तन गर्छ त्यसले सबै राशिहरुमा प्रभाव पार्छ। यसपटक ग्रहहरुको राजा सूर्यले कार्तिक ३० गते बुधबार वृश्चिक राशिमा गोचर गर्दैछ। त्यसपछि सूर्य पुष १ गते शुक्रबार धनु राशिमा प्रवेश गर्नेछ। सूर्यको स्थितिमा आएको परिवर्तनले केही खास राशिका मानिसहरुका जीवनमा धेरै खुशीयाली ल्याउनेछ। त्यसोभए जानौँ ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सूर्यको स्थितिमा हुने परिवर्तनले मेष राशिका जातकलाई शुभ फल दिनेछ। जुन काममा हात हाल्नुहुन्छ ती काम सफल हुनेछन्। भाग्यको दममा अधिकांस काम बन्नेछन्। जागिरमा पदोन्नति हुनेछ। व्यापार-व्यवसायमा पनि लाभ हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। आर्थिक स्थिति मजबूत हुनेछ। धन आर्जनका नयाँ साधनहरु फेला पर्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। श्रीमान श्रीमतीको सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्य राम्रो रहनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका व्यक्तिहरूलाई सूर्यको गोचरले राम्रो प्रभाव पार्नेछ। नयाँ घर तथा सवारी साधन खरिद गर्ने अवसर मिल्नेछ। सन्तानको पक्षबाट खुशी मिल्नेछ। घरमा खुशीको माहौल रहनेछ। कुनै माङ्गलिक कार्यमा सहभागी हुने अवसर पाउनुहुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। पुरानो रोग हट्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। आफन्तजनको साथ-सहयोग प्राप्त गर्नुहुनेछ। केही शुभ समाचार प्राप्त गर्नुहुनेछ। धन आवागमन बढ्नेछ। रोकिएको पैसा उपलब्ध हुनेछ। रोकिएका काम बन्नेछन्। बोसले तपाईको कामको प्रशंसा गर्नेछन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सूर्यको राशि परिवर्तन कन्या राशिका लागि शुभ रहनेछ। धन सम्बन्धी समस्याको अन्त्य हुनेछ। सरकारी जागिरको अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउनेछन्। कतै पैसा लगानी गर्नको लागि समय शुभ छ। नयाँ व्यापार-व्यवसाय सुरुवात गर्नको लागि समय उत्तम छ। लामो यात्राको योग बनेको छ। प्रेम सम्बन्धमा सफलताको योग देखिन्छ। पीडा समाप्त हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका लागि सूर्यको राशि परिवर्तन लाभदायक रहनेछ। तपाईको करियर फस्टाउनेछ। विदेशबाट रोजगारीको प्रस्ताव आउन सक्छ। बेरोजगारले पनि जागिर पाउन सक्छन्। आफ्नो व्यापार-व्यवसाय सुरु गर्नको लागि यो महिना उत्तम रहेको छ। लट्टरी, सट्टेबाजीबाट पनि लाभ हुनेछ। प्रियजनबाट धेरै माया मिल्नेछ। पुराना मनोकामना पुरा हुनेछन्। कुनै शुभ कार्यको लागि लामो यात्रामा जान सकिनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सूर्यको स्थिति परिवर्तनले धनु राशिका मानिसहरूलाई पनि असर गर्नेछ। यो प्रभाव धेरै शुभ रहनेछ। समाजमा तपाईको मान सम्मान बढ्नेछ। मानिसहरूले तपाईंको प्रशंसा गर्नेछन्। तपाईको सर्वत्र प्रशंसा हुनेछ। शत्रु पक्ष कमजोर हुनेछन्। अड्डा-अदालतको मुद्दा-मामिलाहरु टुङ्गो लाग्नेछ। भाग्यले साथ दिनेछ। पैसाको अभाव हुनेछैन। प्रियजनबाट पूर्ण सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सन्तानको पक्षबाट शुभ समाचार मिल्नेछ। काममा प्रगति हुनेछ । व्यापारमा ठूलो कुरा टुंगो लाग्न सक्छ।