अर्को हप्ताको मङ्गलबार चन्द्रग्रहण लाग्दै : १२ राशिमा शुभ-अशुभ कस्तो प्रभाव पर्ला ?

काठमाडौँ : हिन्दू परम्परामा ग्रहणको महत्वपूर्ण स्थान छ। ग्रहण दुई प्रकारको हुने कुरा सर्वविदितै छ। ती हुन् : सूर्यग्रहण र चन्द्रग्रहण। सूर्यग्रहण एवं चन्द्रग्रहण पनि मुख्यत: दुई प्रकारका हुन्छन्। – खग्रास र खण्डग्रास। जब ग्रहण पूर्ण रुपमा देखिन्छ त्यसखाले ग्रहणलाई “खग्रास” र जब ग्रहण केही मात्रामा मात्र देखिन्छ तब त्यसलाई “खण्डग्रास” ग्रहण भनिन्छ।

कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्लपक्षको पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्नेछ। यो ग्रहणको स्पर्शकाल अपरान्ह ५ बजेर ११ मिनेटमा र मोक्षकाल ७ बजेर २१ मिनेटमा हुनेछ।

सूतक काल : – यो खग्रास चन्द्रग्रहणको सूतक बिहान ५:३८ मिनेटबाट सुरु हुनेछ।

चन्द्रग्रहणले १२ राशिमा कस्तो असर पार्छ ?

यस खग्रास चन्द्रग्रहणले विभिन्न राशिहरूमा निम्न प्रभाव पार्नेछ। अशुभ राशि भएका व्यक्तिहरूले ग्रहणको समयमा जप-तप-दान-ध्यान गरेर यसको अशुभ प्रभावलाई कम गर्न सक्छन्।

शुभफल – मिथुन,कर्कट,वृश्चिक,कुम्भ

मध्यम फल – सिंह, तुला, धनु, मीन

अशुभ फल – मेष, वृष, कन्या, मकर

प्रकाशित : सोमबार, कार्तिक १४, २०७९१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मार्गी चालमा फर्केको शनिले यी ३ राशिलाई दिनेछ अनेक लाभ, जीवनमा आउनेछ सुख-समृद्धि !