२०२२ वर्षको दोस्रो र अन्तिम सूर्यग्रहण अक्टोबर २५ मा लागेको थियो। अब ठीक १५ दिनपछि कार्तिक महिनाको पूर्णिमामा वर्षको दोस्रो चन्द्रग्रहण नोभेम्बर ८ मा लाग्नेछ। यो पूर्ण चन्द्रग्रहण हुनेछ। नेपालमा पनि वर्षको अन्तिम चन्द्रग्रहण देखिने भएकाले देशमा सुतक अवधि मान्य हुने भएको छ। यो ग्रहण देशभर करिब डेढ घण्टासम्म देख्न सकिनेछ।
नेपालमा पूर्ण चन्द्रग्रहणको समय-
नोभेम्बरको पूर्ण चन्द्रग्रहण ८ गते बेलुकी ५:४५ बजेबाट सुरु भएर साँझ ६:३४ बजेसम्म रहनेछ।
कहाँ कहाँ देख्न सकिन्छ चन्द्रग्रहण ?
यो चन्द्रग्रहण नेपाल बाहेक भारत तथा उत्तर र दक्षिण अमेरिका, अष्ट्रेलिया, एशिया, उत्तर प्रशान्त महासागर र हिन्द महासागरमा देख्न सकिन्छ।
चन्द्रग्रहणको सुतक अवधि-
यस चन्द्रग्रहणको सुतक अवधि नोभेम्बर ८ गते बिहान ९:३६ बजेबाट सुरु हुनेछ। जुन ग्रहणको साथै साँझ ६ः३४ मा समाप्त हुनेछ।
चन्द्रग्रहणमा अपनाउनुहोस् यी सावधानी-
धार्मिक मान्यता अनुसार ग्रहण अशुभ घटना हो। यसले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्छ। ग्रहणको समयमा मन्दिरका ढोकाहरू बन्द हुन्छन्। शास्त्र अनुसार ग्रहणको समयमा भोजन निषेध गरिएको छ। ग्रहण सकिएपछि स्नान गरी घरमा शुद्ध जल छर्कनुपर्छ।