सुन ३० दिनकै सस्तो !

काठमाडौं,  सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ। तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यस गिरावटसँगै नेपाली बजारमा सुन कात्तिक महिनाकै सस्तो रहेको छ। महासंघको तथ्यांक अनुसार यो मूल्य ३० दिनकै सस्तो हो। असोज १४ गते आजकै मूल्यमा कारोबार भएको सुन आजको जति सस्तो कहिले पनि भएको थिएन।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। यससँगै, चाँदी तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेको छ।

प्रकाशित : आइतबार, कार्तिक १३, २०७९१४:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५१ वर्षीय रामलालले बनाए गज्जबको घन, सबै चकित ! के-के छन् विशेषता ?