अहिले सामाजिक सञ्जालमा नायक भुवन केसी चाडै तेस्रो विवाह गर्न लागेको खबरले निक चर्चा पाएको छ । नायक भुवनले एक अन्तर्वार्ताको क्रममा उनले आफ्ना फ्यानलाई चाँडै खुसीको खबर दिने बताएका छन् । तर त्यो खुसीको खबर के हो भने अभिनेताले खुलाएका भने छैनन् ।

केही समय देखि नायक भुवन केसी र अभिनेत्री जिया केसीको प्रेम सम्बन्धको चर्चा निकै हुने गरेको छ। मानिस हरुले भुवन जियासँग लि:-भिङ टुगे-दरमा बसेको भने
पनि अभिनेताले आफूहरू मिल्ने साथी भएको र एक ले अर्कोलाई विभिन्न परिस्थितिमा साथ सहयोग गर्दै आएको बताएका छन् ।

अहिले सामाजिक सञ्जालमा सञ्जालमा नायक भुवन र जिया केसीको केही तस्बिर निकै भाइरल भएको छ। यी तस्बिर तथा भिडियो भुवनले भने सार्वजनिक गरेका छैनन् । तर जियाको सामाजिक सञ्जालमा भने उनको र भुवन केसीको थुप्रै तस्बिर सार्वजनिक भएको छ ।

भुवनले अन्तर्वार्ताको क्रममा आफूलाई चाहने र उनले चाहेको मानिस उनको जीवनमा आएको र त्यो सम्बन्धलाई तेस्रो विवाहको रुपमा साकार रुप दिने सक्ने बताएका हुन् । अनमोलको आमा सुस्मिता सँगको सम्बन्ध विच्छेदपछि भुवन जियाको नजिक हुँदै आएका थिए ।
