आज भाइटीकामा कस्तो रहला मौसम ?

काठमाडौं,  आज तिहारको पाँचौ दिन भाइटीका । मौसमले पनि साथ दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक १०, २०७९०९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुलिरहेको छ बाराही हाइड्रोपावरको आइपीओ, कसले कसले दिने आवेदन ?