भोलि लाग्दैछ सूर्य ग्रहण, कुन राशिलाई शुभ, कुन राशिलाई अशुभ ?

एजेन्सी – भोलि मंगलबार गाई तिहारको दिन सूर्य ग्रहण लाग्दैछ। मंगलबार अपराह्न करिब ३२ मिनेट सूर्य ग्रहण लाग्न लागेको हो। सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ भने सो ग्रहण साँझ ५ बजेर २४ मिनेट सम्म रहनेछ। सूर्य ग्रहण नेपालबाट समेत देखिने हुँदै सो ग्रहणको असर सबै राशि हुनेहरुलाई पर्नेछ। ग्रहणका कारण कुन राशिलाई कस्तो फल मिल्ला ?

मेष राशि – वैवाहिक जीवनमा समस्या आउन सक्छ। व्यापार र व्यापारमा विशेष सावधान रहनुहोला। स्वास्थ्यमा समेत केहि सामान्य समस्या नआउला भन्न सकिँदैन। श्री विष्णु की उपासना गर्नुहोस्।

वृष– सूर्य ग्रहण वृष राशि हुनेहरुका लागि केहि शुभ सावित हुन सक्छ । जीवनमा केहि सकारात्मक परिवर्तन हुन सक्छन्। रोकिएका काम पुरा हुनेछन् । मानसिक तनाव भने सामान्य मात्रामा रहन सक्ला। महादेवको पूजा गर्नुहोला ।

मिथुन- परिवारमा दरार उत्पन्न हुन सक्छ। प्रेम सम्बन्धमा पनि समस्या आउन सक्छ। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। खानपिनमा नियन्त्रण राखेकै राम्रो होला। श्री कृष्णको पूजा गर्नुहोस् र कालो वस्तु दान गर्नुहोस्।

कर्कट- सूर्य ग्रहण कर्कट राशि हुनेहरुका लागिठीकठाक रहनेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्ने भएपनि आर्थिक रुपमा भने लाभ नै मिल्ला। पारिवारिक रुपमा भने कलह बढ्न सक्ने देखिन्छ। महादेवको पूजा गर्नुहोस्।

सिंह – शारीरिक र मानसिक स्थितिमा सुधार हुनेछ। बाधाहरू हट्नेछन्, सफलता मिल्नेछ। यात्राको अवसर पनि प्राप्त हुन सक्ने देखिन्छ। सूर्य मन्त्रको जप गर्नुहोस्, कालो वस्तु दान गर्नुहोस्।

कन्या– आर्थिक तथा पारिवारिक समस्याले सताउन सक्छ । सावधानीपूर्वक सवारी साधन चलाउनुहोला। दुर्घटनाको सम्भावना रहने देखिन्छ। सकेसम्म यात्रा नगरेकै राम्रो होला। शिवको पूजा गर्दा राम्रो हुनेछ।

तुला- पारिवारिक समस्या र मुद्दा मामिलाका कारण समस्यामा पर्न सकिनेछ। स्वास्थ्य त्यति राम्रो रहने देखिँदैन। दुर्घटना र शल्यक्रिया जस्ता परिस्थिति आउन सक्छ। श्रीरामको पूजा गर्नुहोला।

वृश्चिक – करियरमा बाधा तथा प्रतिकूल परिवर्तन आउन सक्छ। आफ्नै भनिएकाहरुबाट धोका हुन सक्ने सम्भावना देखिन्छ। काममा बाधा उत्पन्न होला। प्रेम जीवनमा पनि समस्या उत्पन्न हुने देखिन्छ। शिवको पूजा गर्नुहोला।

धनु- करियर र जीवनमा अपेक्षित सफलता मिल्नेछ। शत्रु र प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक रुपमा खर्च बढ्ने भएपनि पारिवारिक सहयोगले सबै कष्ट हटेर जानेछन्। श्री विष्णुको पूजा गर्नुहोस्।

मकर- करियरमा ठूलो सफलता र परिवर्तनको समय छ। रोकिएका काम मिहिनेतले सम्पन्न हुनेछन् । टाढाको यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ। तर यात्राले लाभ नै दिलाउनेछ। हनुमानजीको पूजा गर्नुहोस्।

कुम्भ- स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। पेट सम्बन्धी विकारहरूले सताउन सक्नेछन्। खर्च बढ्नाले गर्दा समस्या निम्तिन सक्छ। बोलिमा नियन्त्रण आवश्यक रहनेछ। श्री कृष्णको पूजा गर्नुहोला।

मीन- दाम्पत्य जीवनमा समस्या आउन सक्छ। विवादबाट सावधान रहनु होला। सकेसम्म यात्रा नगरेकै राम्रो हुने देखिन्छ। महत्वपूर्ण सामग्री हराउन सक्ने हुँदा सतर्क रहनु होला। श्री विष्णुको पूजा गर्नुहोला।

प्रकाशित : सोमबार, कार्तिक ०७, २०७९१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो १ हप्ता खुब पैसा कमाउनेछन् यी राशिले, धन र खुशीले भर्नेछन् मङ्गलदेवले पोल्टा