मलाइकाको जन्मदिनमा अर्जुनको शुभकामना सन्देश, ‘तिमी मात्रै तिमी रहनु, खुसी रहनु, मेरो हुनु’ सन्देश भाइरल हुँदै!

बलिउड अभिनेत्री मलाइका अरोराले आज आफ्नो ४९ औँ जन्मदिन मनाइरहेकी छिन् । अहिले मलाइकाका फ्यान र उनका नजिकका मानिसहरुले उनलाई शुभकामना पठाइरहेका छन् । मलाइकाको शुभचिन्तकको सूचीमा अर्जुन कपुरको नाम पहिलो नम्बरमा छ । अर्जुन कपुरले आफ्नी प्रेमिका मलाइकालाई उनको जन्मदिनको शुभकामना दिएका छन् । यसका लागि अर्जुन कपुरले इन्स्टाग्राममा एक विशेष नोट सहिर तस्बिर सार्वजनिक गरेका छन् ।

अर्जुनले आफ्नी प्रेमिकासँग मिरर सेल्फी पोस्ट गरे र एक प्यारा सन्देश पनि लेखे। गो-ल्डेन कलरको पोसाकमा मलाइका निकै स्टाइ:-लिस देखिएको छ। तस्बिरमा अर्जुनले मलाइकालाई जसरी हेरिरहेका छन्, त्यो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको यो पोस्ट र तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अर्जुनले जन्म दिनको शुभ कामनाको साथमा लेखेका छन । एक लाइन निकै चर्चामा छ अबिनेताले लेखेका छन् ‘तिमी मात्रै तिमी रहनु, खुसी रहनु, मेरो हुनु’  छैय्या छैया र मुन्नी बदनाम हुई जस्ता गीतहरूमा उनको डा:-न्स मू:-भ्सका लागि परिचित मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीहरूमा अर्जुनको पोस्ट साझा गरेकी छिन्, ‘केवल तिम्रो’ र साथमा रेड हा:-र्ट इमोजी पनि पोस्ट गरेकी छिन् ।

अहिले अर्जुनको पोस्टमा बलिउडका विभिन्न कलाकारको साथै अभिनेता तथा अभिनेत्रीको फ्यानले जन्मदिनको शुभ कामना दिइरहेका छन्। मलाइका आज ४९ वर्ष पुगेपछि उनीहरुबीचको उमेरको भिन्नताका लागि दुवैलाई प्रायः ट्रोल गरिने गरिन्छ । अर्जुनले गत जुन महिनामा आफ्नो ३७ औँ जन्मदिन मनाएका छन् । उनीहरुको प्रारम्भिक विवाहको खबर प्राय मिडियामा आउने गर्छ तर यी जोडीले यसलाई कहिल्यै अनधिकारिक रुपमा भनेका छैनन् ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निश्चल बस्नेत भन्छन् – मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ