भगवान शिवको पूजामा अवश्य समावेश गर्नुहोस् यस्ता ५ चीज : सफलताले चुम्नेछ तपाईको कदम

काठमाडौ । ज्योतिशीका अनुसार भगवानको विभिन्न केही पवित्र विधी अपनाएर पुजा गर्नाले पाप नास भई पुन्य प्राप्त हुनेछ । किनभने हामी भगवानको पूजा त नियमित गर्छाै तर कसरी र कुन राशीको मानिसहरुले कुन भगवानको पूजा गर्ने भन्ने थाहा नपाउदा पनि फल प्राप्त नहुने हुन्छ । त्यसैले यी विधीहरु अपनाएर यसरी पूजा गर्नुस् अवश्य सफलता मिलेर , एकाएक जीवनले कोल्टो फेर्नेछ ।

-पहिलो तरिका हो , प्रत्येक शनिबार विहानै उठेर नुहाएर चोखो कपडा लगाउनुहोस् । त्यसपछि शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुभयो भने सफलताको बाटोहरु खुल्नेछ ।

-त्यसैगरी दोस्रोमा शनिवारको दिन नै यसरी नै चोखोनितो भई कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुभयो भने अर्को सफलताको बाटो पनि भेट्नुहुनेछ ।

-त्यस्तै तेस्रो उपाय भनेको शनिवार दिन नै दुधमा कालो तिल मिसाएर पिपललाई चढाएमा पनि तपाईले गरेको पाप नास भई पुन्य पाप्त हुन्छ ।

-चौथोमा यदि तपाईमा राह केतु र शनिको ग्रहले अगाडि बढ्न दिएको छैन् भने पनि शनिबारको दिन तिल दान गर्नाले पनि यो सबै हटेर जान्छ । त्यसैगरी यदि तपाईमा शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु भयो भने पनि यो सबै हटेर जानेछ । जसको कारण सफलताको बाटोहरु खुल्नेछ ।

प्रकाशित : आइतबार, कार्तिक ०६, २०७९१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिका मानिसमा हुन्छ भोलेनाथको विशेष कृपा, सधैं मिल्छ सफलता