बेलुका खाना पाएपछि भुलेर पनि गर्नुहुँदैन यस्ता कार्य, अन्यथा माता लक्ष्मी हुन्छिन् क्रोधित

वास्तुशास्त्रका अनुसार घरमा राखिएका सबै चीजको आफ्नै विशेष महत्व हुन्छ। यसले परिवारको सुख र समृद्धिलाई असर गर्छ। प्रायः हामी देख्छौं कि कुनै पनि दिशामा कुनै पनि कुरा राख्नाले घरको सजावट र ग्रहहरूको चालमा असर गर्छ। जसका कारण व्यक्तिले मानसिक तथा आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ। घरमा अधिकतम सकारात्मक उर्जा कायम राख्नको लागि वास्तुशास्त्र अनुसार चीजहरू राख्नु धेरै महत्त्वपूर्ण छ, यदि घरलाई वास्तुशास्त्र अनुसार सजाइएको छ भने घरमा उन्नति र प्रगति हुने विश्वास गरिन्छ।

१. यदि तपाईंको घरमा पूजा गर्ने ठाउँ छ भने हरेक साँझ त्यहाँ घ्यूको दियो बाल्नु पर्छ।

२. बेलुकाको खाना खाइसकेपछि धेरैजसो मानिसले खानाका भाँडाकुँडा सिङ्कमा वा खाने टेबलमा छाड्छन्। यसो गर्दा राहु र केतु ग्रह क्रोधित हुन्छन्। वास्तुशास्त्रका अनुसार रातमा जुठा भाँडाहरू राख्नु अत्यन्तै अशुभ मानिन्छ, त्यसैले केही समय लगाएर भाँडाहरू सफा गर्नुपर्छ। रातभर जुठा भाँडाहरू राख्दा माता लक्ष्मी रिसाउनुहुन्छ।

३. घरमा राखिएको हरेक चीजको कुनै न कुनै ठाउँ हुन्छ, त्यही ठाउँमा राख्नुपर्छ, त्यही ठाउँमा राख्नाले घर सफा र सुन्दर देखिन्छ। प्राय: मानिसहरु घर सफा गरेपछि कुचो जताततै छाड्छन्। तर त्यसो गर्नु पटक्कै ठिक होइन। घर सफा गरेपछि झाडुलाई सधैं यस्तो ठाउँमा राख्नुपर्छ, जहाँ घरमा आउने व्यक्तिले कुचो नदेखुन्। यसो गर्नाले घरमा सुख शान्ति कायम रहन्छ।

४. घर भित्र आउँदा हामी धेरै कुरा बाहिर छोडेर घर भित्र पस्छौं तर प्राय: मानिसहरु हतारमा धेरै गल्ती गर्छन। कतिपय मानिसहरु चप्पल र जुत्ता लगाएर सुत्ने कोठामा प्रवेश गर्छन्। त्यसो गर्नु ठिक होइन। वास्तुशास्त्र अनुसार घरभित्र चप्पल कहिल्यै पनि लग्नु हुँदैन। चप्पल र जुत्ता घरमा निश्चित स्थानमा राख्नुहोस्।

प्रकाशित : शुक्रबार, कार्तिक ०४, २०७९१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको केही घण्टामा नै शनि हुँदै मार्गी: यी ३ राशिलाई रहनेछ भोलिबाट निकै शुभ समय !