भोलि महान चाड तिहारको पहिलो दिन धनतेरस: भुलेर पनि नकिन्नुहोस् यस्ता चीज, अन्यथा हुनसक्छ धन हानि !

भोलि शनिबार हिन्दुहरुको महान चाड तिहारको पहिलो दिन धनतेरस परेको छ। तसर्थ, यो कुरामा ध्यान राख्नुहोस् कि धनतेरसको दिन, फलाम प्रयोग भएको कुनै पनि चीज किन्नु हुँदैन। वास्तवमा फलामलाई शनिको कारक मानिन्छ। शनिबार फलाम किन्नु हुँदैन, तर दान गर्नुपर्छ, यसले शनिदेवलाई प्रसन्न तुल्याउँछ, त्यसैले धनतेरसको दिन केही किन्न चाहन्छौं भने फलामबाहेक अरू केही किन्नु पर्छ।

धनतेरसको दिन फलामका सामान किन्दा अशुभ हुने जनविश्वास रहेको छ। यस बाहेक धनतेरसको दिन सेरामिकले बनेका सामानहरू पनि किन्नु हुँदैन। यसो गर्नाले घरमा आशिर्वाद कम हुने बताइएको छ, यदि घरमा लक्ष्मी माताको आशिर्वाद रहोस् चाहनुहुन्छ भने धनतेरसको दिन सुन, चाँदीको सिक्का, झाडु, धनियाको दाना, लक्ष्मी गणेशको मूर्ति आदि किन्नु पर्छ।

यस दिन दिन किनबेच गर्दा लाभ मिल्ने जनविश्वास रहेको छ। यसका साथै धन-सम्पत्ति पनि बढ्छ। धनतेरसको दिन किनमेलसँगै शुभ कार्य पनि गरिन्छ। यस दिन सुन र चाँदीका गहना खरिद गर्नु विशेष शुभ मानिन्छ।

प्रकाशित : शुक्रबार, कार्तिक ०४, २०७९१०:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्यग्रहण कै समयमा हुनेछ ४ ग्रहको युति: यी ४ राशिलाई मिल्नेछ आकस्मिक धन लाभ !