धनतेरस: तिहारको पहिलो दिन गर्नुहोस् यस्ता उपाय; छिट्टै भरिन्छ धनको भण्डार !

हिन्दु धर्ममा कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन मनाइने धनतेरस पर्वलाई ऐश्वर्य र स्वास्थ्यको मनोकामना पूरा गर्ने पर्व मानिन्छ। धनतेरसको दिन धनको देवता कुबेर, लक्ष्मी देवी धन्वतीको पूजा आराधनाको ठूलो महत्व छ। धनतेरसको दिन समुद्र मन्थनका क्रममा भगवान धन्वंतरी हातमा अमृत कलश लिएर प्रकट भएको जनविश्वास छ। यो पर्वलाई नयाँ वस्तु खरिदका लागि पनि निकै शुभ मानिन्छ। यही कारणले गर्दा सुन चाँदी, गरगहना, भाँडाकुँडा, नयाँ सवारीसाधन आदि किन्नका लागि वर्षभरीमा यस दिनलाई सबैभन्दा शुभ मानिन्छ। आउनुहोस् जानौं धनतेरसको पूजासँग सम्बन्धित उपाय, जसले गर्दा घरमा धनसम्पत्ति भरिन्छ।

धनतेरसको दिन विशेषगरी भगवान गणेश, लक्ष्मी, भगवान धन्वन्तरी, भगवान कुबेर र मृ-त्युका देवता यमराजको पूजा–आराधना गर्नुपर्छ। धनतेरसको दिन भगवान यमको विशेष पूजा गर्नाले अकाल मृ-त्यु’को भय हट्ने जनविश्वास रहेको छ।

दीपदानको पञ्च महापर्व सुरु हुने दिन धनतेरसमा दीपदानको ठूलो महत्त्व छ। धनतेरसको दिन दीप प्रज्वलन गर्नाले व्यक्तिको जीवनसँग सम्बन्धित सबै दोष हट्ने जनविश्वास रहेको छ। धनतेरसको दिन मनोकामना पूरा गर्न र धन र भोजन प्राप्त गर्न घरमा १३ वटा दीप प्रज्वलन गर्ने चलन छ।

धनतेरसको दिन धनका देवता कुबेरको पूजाको ठूलो महत्व छ। धनको अभाव हटाउन र धनको भण्डार भर्नको लागि धनतेरसको दिन कुबेर यंत्रको विशेष पूजा गर्नुपर्छ। धनतेरसका दिन कुबेर देवताको पूजा गर्नाले धनको अभाव र दरिद्रता नष्ट हुने जनविश्वास छ।

धनतेरसको दिन लक्ष्मीको साथमा दक्षिणावर्ती शंखको पूजालाई पनि विशेष महत्व दिइएको छ। यो शंख देवी लक्ष्मीको रूप मानिन्छ। दक्षिणावर्ती शंखको पूजा गर्नाले जीवनमा धनको कमी नहुने जनविश्वास रहेको छ।

प्रकाशित : बिहिबार, कार्तिक ०३, २०७९११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस वर्षको तिहारमा यी ३ राशिमा रहनेछ माता लक्ष्मीको विशेष कृपा, तपाईंको राशि पनि पर्यो त ?