आर्सनलका पूर्व खेलाडीलाई नै छैन आर्सनलमा पूरा विश्वास, भन्छन् – क्रिसमस पछि ओरालो लाग्न सक्छ

एजेन्सी – पूर्व आर्सनल फरवार्ड जर्मेन पेनान्टको भनाईलाई मान्ने हो भने प्रिमियर लिग क्लब आर्सनलले अहिलेको लयलाई सिजनभर कायम राख्नेमा शंका छ। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेनान्टले सिजनभर आर्सनलले उच्च प्रदर्शन गर्छ भन्नेमा शंका रहेको बताएका हुन्।

आर्सनल गत सिजन जस्तै सिजन अगाडी बढ्दै जाँदा घर्मराउन सक्ने सम्भावना रहेको पेनान्टले बताए। आर्सनलले क्रिसमस पछि आफ्नो लय गुमाउन सक्ने पेनान्टको अनुमान छ।

“मलाई लाग्छ, आर्सनल क्रिसमस पछि घर्मराउन सक्छ। गत वर्ष जसरी आर्सनल सिजनको अन्त्यमा च्याम्पियन्स लिगका लागि छनौट हुने दौडबाट बाहिरिएको थियो, यस सिजन पनि त्यसरी नै आर्सनल घर्मराउन सक्छ। हामी आर्सनलको धेरै चर्चा गरिरहेका छौँ। पछिल्ला दश खेलमा जुन स्तरको प्रदर्शन उनीहरुले गरेका छन्, त्यो साँच्चै प्रशंसा योग्य छ।”,टकस्पोर्टसँग कुराकानी गर्नेक्रममा पेनान्टले भने।

टकस्पोर्टसँगको कुराकानीका क्रममा पेनान्टले यस भन्दा अगाडी पनि क्रिसमस पछि धेरै टीमहरु ओरालो लागेको उदाहरण रहेको उल्लेख गरे। आर्सनलको हकमा पनि त्यस्तो नहोला भन्न सकिने अवस्था नरहेको पेनान्टले बताए।

उनले भने,”सिजनको सुरुवातबाटै राम्रो खेलेर क्रिसमस पछि ओरालो लागेका धेरै टोली हामीले देखेका छौँ। आर्सनलको पनि त्यस्तै ताल नहोला भनन सकिँदैन।”

कुराकानीका क्रममा उनले आर्सनल प्रशिक्षक मिकेल आर्टेटाको प्रशंसा गर्न भने छुटाएनन्। पछिल्ला दुई तीन सिजनमा आर्सनलमा ठूलो परिवर्तन आएको र त्यसको श्रेय आर्टेटालाई जाने उनले बताए।

प्रकाशित : मङ्गलबार, कार्तिक ०१, २०७९१९:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूर्वप्रधानमन्त्रीहरूलाई बाबुरामको यस्तो अर्ति !