हरेक दिन ग्रह-नक्षत्रमा हुने परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ । धार्मिक मान्यताले कार्तिक महिना निकै शुभ महिना मानिन्छ । यस महिना महान् चाड तिहार मनाइन्छ । विशेष गरेर यस पर्वमा लक्ष्मी पूजाको विशेष महत्त्व रहेको छ । जान्नुहोस् कार्तिक महिना कस्तो रहनेछ दिन, हेर्नुहोस् मासिक राशिफल….
मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिना तपाईंका लागि शुभ रहने देखिन्छ। विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ। यो महिना कोही विशेष व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान तथा इज्जत बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा काममा सफलता प्राप्त हुनसक्छ। प्रेम सम्बन्ध निकै बलियो हुनेछ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि यो महिना शुभ रहनेछ।
वृष राशि ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

कात्तिक महिनामा हरेक क्षेत्रमा प्रगति हुने देखिन्छ। विद्यार्थी वर्गका लागि पनि यो समय निकै अनुकूल रहनेछ। तपाईंको आत्म-विश्वास बढ्नेछ। आफन्त तथा साथीभाइबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। व्यावसायिक कार्यमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ। सुख-समृद्धिको वृद्धि हुनेछ। स्वास्थ्यमा भने केही समस्या आउन सक्छ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो कात्तिक महिना मिथुन राशिका मानिसलाई मिश्रित साबित हुनेछ। यो समयमा नयाँ काम गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। आकस्मिक धन लाभ मिल्ने प्रबल सम्भावना रहेको छ। शिक्षा क्षेत्रमा रहेका मानिसलाई यो समय राम्रो रहनेछ। यात्रा गर्दा भने विशेष सावधान रहनुहोला। मध्य महिनाबाट स्थिति प्रतिकूल हुनसक्छ। आफ्नो विचार विपरीत निर्णय हुनसक्छ। जिद्दीपनले गर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला।
कन्या राशि ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिनामा राम्रो फल मिल्नेछ। नयाँ कार्य प्राप्तिको योग छ। आफन्त तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्था पनि बलियो हुनेछ। आम्दानीका स्रोत बढ्ने छन्। धर्म कर्ममा तपाईंको रुचि बढ्नेछ। महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ। केही कार्यमा बाधा आउनेछ। स्वास्थ्यका कारण धन खर्च पनि हुनेछ।
तुला राशि ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिनामा कार्यक्षेत्रमा तपाईंको खुब प्रशंसा हुनेछ। सामाजिक कार्यमा विशेष रुचि बढ्नेछ। हरेक क्षेत्रमा कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। महिनाको अन्त्यमा बने अवस्था प्रतिकूल हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ, सावधान रहनुहोला।
मकर राशि ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

कात्तिक महिना समग्रमा सकारात्मक नै रहने देखिन्छ। गरेको हरेक कार्यमा सफलता पाइनेछ। कलासाहित्य तथा सङ्गीतमा तपाईंको रुचि बढ्नेछ। आर्थिक स्थिति मजबुत हुनेछ। यो महिना सुखद यात्राका अवसर प्राप्त हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि यो समय अनुकूल रहला।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कात्तिक महिनामा मनमा शान्ति छाउनेछ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका अधुरा कार्यहरू पुरा हुन थाल्नेछन्। कला-साहित्यको क्षेत्रमा तपाईंको रुचि बढ्नेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना देखिन्छ। पारिवारिक वातावरण सुखमय रहनेछ।
