मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिना तपाईंका लागि शुभ रहने देखिन्छ। विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ। यो महिना कोही विशेष व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान तथा इज्जत बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा काममा सफलता प्राप्त हुनसक्छ। प्रेम सम्बन्ध निकै बलियो हुनेछ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि यो महिना शुभ रहनेछ।
वृष राशि ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कात्तिक महिनामा हरेक क्षेत्रमा प्रगति हुने देखिन्छ। विद्यार्थी वर्गका लागि पनि यो समय निकै अनुकूल रहनेछ। तपाईंको आत्म-विश्वास बढ्नेछ। आफन्त तथा साथीभाइबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। व्यावसायिक कार्यमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ। सुख-समृद्धिको वृद्धि हुनेछ। स्वास्थ्यमा भने केही समस्या आउनसक्छ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो कात्तिक महिना मिथुन राशिका मानिसलाई मिश्रित साबित हुनेछ। यो समयमा नयाँ काम गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। आकस्मिक धन लाभ मिल्ने प्रबल सम्भावना रहेको छ। शिक्षा क्षेत्रमा रहेका मानिसलाई यो समय राम्रो रहनेछ। यात्रा गर्दा भने विशेष सावधान रहनुहोला। मध्य महिनाबाट स्थिति प्रतिकूल हुनसक्छ। आफ्नो विचार विपरित निर्णय हुनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना तपाईंलाई मिश्रित नै रहला। विद्यार्थी वर्गका लागि यो समय अनुकूल रहनेछ। सोचे अनुरुप हरेक क्षेत्रमा सफलता भने मिल्छ भने भन्न सकिन्न। आर्थिक स्थिति भने यो समय त्यति बलियो नरहला। सामाजिक क्षेत्रमा तपाईं धेरै नै संलग्न हुनुहुनेछ। नयाँ कार्य गर्न यो महिना अनुकूल रहला। प्रेम सम्बन्ध बलियो हुनेछ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कामको शिलशिलामा यात्राको सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। हरेक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विशेष सफलता प्राप्त हुने देखिन्छ। महिनाको अन्त्यमा भने परिस्थिति संघर्षपूर्ण रहनेछ। हातमा लागेका महत्वपूर्ण अवसर गुम्न सक्छ। स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। आर्थिक समस्याले पनि सताउँन सक्छ।
कन्या राशि ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा राम्रो फल मिल्नेछ। नयाँ कार्य प्राप्तिको योग छ। आफन्त तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्था पनि बलियो हुनेछ। आम्दानीका स्रोत बढ्ने छन्। धर्मकर्ममा तपाईंको रुची बढ्नेछ। महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ। केही कार्यमा बाधा आउनेछ। स्वास्थ्यका कारण धन खर्च पनि हुनेछ।
तुला राशि ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा कार्यक्षेत्रमा तपाईंको खुब प्रशंसा हुनेछ। सामाजिक कार्यमा विशेष रुचि बढ्नेछ। हरेक क्षेत्रमा कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। महिनाको अन्त्यमा बने अवस्था प्रतिकूल हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ, सावधान रहनुहोला।
वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा तपाईंका लागि त्यति शुभ नरहला। आफ्नो योजना गोप्य राखेर मात्र कार्य अगाडी बढाउनुहोला। शिक्षा क्षेत्रमा पनि त्यति सफलता प्राप्त नहोला। झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी पनि बेहोर्न सकिन्छ। परिवारका सदस्यसँग मनमुटावको अवस्था उत्पन्न हुनसक्छ।
धनु राशि ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिना धनु राशिका मानिसका लागि शुभ नरहला। स्वास्थ्यको हिसाबले तपाईंको यो समय अनुकूल छैन। कार्यक्षेत्रमा सहकर्मी तथा उच्च-अधिकारीसँग तपाईंको मनमुटावको स्थिति उत्पन्न होला। यो समयमा तपाईं माथि शत्रु हावी हुनसक्छन्, सजग रहनुहोला। जीवनसाथीसँगको सम्बन्धमा पनि चिसोपना आउनसक्छ।
मकर राशि ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कात्तिक महिना समग्रमा सकारात्मक नै रहने देखिन्छ। गरेको हरेक कार्यमा सफलता पाइनेछ। कलासाहित्य तथा सङ्गीतमा तपाईंको रुची बढ्नेछ। आर्थिक स्थिति मजबूत हुनेछ। यो महिना सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि यो समय अनुकूल रहला।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कात्तिक महिनामा मनमा शान्ति छाउनेछ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका अधुरा कार्यहरू पुरा हुन थाल्नेछन्। कला-साहित्यको क्षेत्रमा तपाईंको रुची बढ्नेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना देखिन्छ। पारिवारिक वातावरण सुखमय रहनेछ।
मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा तपाईंको राशिबाट आठौ भावमा सूर्यको गोचर हुँदा स्वास्थ्यमा समस्या आउन सक्छ। प्रेममा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आर्थिक समस्याले सताउन सक्छ। यात्रा गर्दा विशेष ध्यान दिन आवश्यक रहेको छ। अनावश्यक खर्च बढ्न सक्छ।