‘लातको भूत’ हुन् यी ५ मान्छे, यिनले बुझ्दैनन् प्रेमको भाषा

काठमाडौँ : प्रेमले कुरा गर्दा सबै समस्याको समाधान निस्कन्छ। तर कतिपय मान्छेले प्रेमको भाषा बुझ्दैनन्। भनिन्छ नि ‘लातको भूत बातले मान्दैन’, केही मान्छेहरु यस्तै स्वभावका हुन्छन्। आज हामी तपाईलाई पाँच व्यक्तिका बारेमा बताउँछौँ, जसको अगाडी तपाई नरम भएर प्रस्तुत हुन् हुँदैन्। गरुड पुराणमा पनि यी व्यक्तिहरूको बारेमा उल्लेख गरिएको छ।

गरुड पुराणलाई सनातन धर्मका १८ महापुराणहरूमध्ये एक मानिन्छ। यसमा जीवन जिउने तरिका बताईएको छ। साथै यसमा कर्मअनुसार मृत्युपछि के-के हुन्छ भन्ने पनि उल्लेख गरिएको छ। भनिन्छ गरुड पुराणमा रहेका कुरालाई मनन गरी जीवनमा लागू गर्ने हो भने त्यो व्यक्तिको वर्तमान जीवन र मृत्युपछिको जीवन दुवै शुभ हुन्छ।

यी मानिसहरुसँग मायाले कुरा गर्नु बेकार

१. रिसालु व्यक्तिहरु अगाडी कहिल्यै पनि नरम भएर प्रस्तुत हुन् हुँदैन्। यदि तपाई शान्त रहनुभएमा उसले तपाईलाई कमजोर ठान्छ। त्यसपछि उसले तपाईलाई दबाउने प्रयास गर्छ। ऊ तपाईमाथि हाबी हुन् थाल्छ। यस्ता दुष्ट र क्रोधित स्वभावका व्यक्तिसँग कठोरतासँग प्रस्तुत हुनु नै उचित हुन्छ। जसले गर्दा ऊ पनि आफ्नो सीमामा बस्छ।

२. लापरवाह मानिसहरूसँग पनि नम्रता र प्रेमको साथ व्यवहार गर्नु मूर्खता हो। यी व्यक्तिहरूले प्राय: केही न केही बहानामा तपाईको काम टाल्छन्। त्यसैले उनीहरुमाथि दया-माया देखाउनुहुँदैन्। बरु अलि कठोरतासँग प्रस्तुत भएर आफ्नो काम छिटो पूरा गर्न सक्नुहुन्छ।

३. नोकरहरुलाई पनि मायालु  व्यवहार गर्नुहुँदैन्। यदि तपाई उनीहरु अगाडी नरम हुनुभएमा उनीहरुले तपाईलाई साथी सम्झन थाल्छन्। त्यसपछि उनीहरुले तपाईको अपमान गर्नेदेखि तपाईको अवज्ञा गर्न थाल्छन्। तसर्थ नोकरहरुलाई कडा व्यवहार देखाउनुपर्छ।

४. महिलाहरुसँग पनि धेरै प्रेमले कुरा गर्नुहुँदैन्। समय-समयमा उनीहरुसँग पनि थोरै कठोरताका साथ कुरा गर्नुपर्छ। यदि तपाईले चाहिने भन्दा बढी प्रेम देखाउनुभएमा उनीहरु निरंकुश हुन्छन् र आफ्नो मनोमानी गर्न थाल्छन्। त्यसपछि उनीहरुले गल्ती गर्दा पश्चाताप गर्दैनन्।

५. ढोलक र अन्य वाद्य यन्त्रलाई पनि मायालु व्यवहार गर्नु मूर्खता हो। यी बाजालाई प्रेमपूर्वक बजाउँदा राम्रो आवाज दिँदैन्। यी बाजालाई बेस्सरी ठोक्दा मात्रा मिठो आवाज निस्कन्छ।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१५:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हाे विमान दुर्घटनापछि खाेजिने ब्ल्याक बक्स ?