लक्ष्मी पूजा गरेको केही घण्टापछि नै सुरु हुनेछ सूर्य ग्रहणको सुटक अवधि, कुन समय ?

यस वर्ष लक्ष्मी पूजाको अर्को दिन उठ्ने बित्तिकै सूर्यग्रहणको सुतक सुरु भइसकेको हुन्छ। वास्तवमा यसपटक कार्तिक ८ गते सूर्यग्रहण छ। सूर्यग्रहण अपरान्ह ४:५५ देखि ५:३९ बजेसम्म हुनेछ। ग्रहणको सुतक अवधि यसभन्दा १२ घण्टा अगाडि सुरु हुनेछ। अर्थात् कार्तिक ८ गते बिहान ४ बजेदेखि सूर्यग्रहण सुरु हुनेछ।

आंशिक सूर्यग्रहण कार्तिक ८ गते अपरान्ह ४:५५ देखि ५:३९ बजेसम्म हुनेछ। यस दिन सूर्यास्तको समय ५:४२ बजे रहेको छ। त्यसैले ग्रहणको अवधि ४७ मिनेट हुनेछ। आंशिक सूर्यग्रहणको परिमाण ३६ प्रतिशत हुनेछ।

जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ र चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ, जसको कारण हामी पृथ्वीबाट हेर्दा सूर्यग्रहण देख्छौं। यो सामान्यतया औंशीको दिनमा हुन्छ। तर जब चन्द्रमाको स्थिति सूर्य र पृथ्वीलाई जोड्ने सीधा रेखाको नजिक हुन्छ, तब आंशिक ग्रहण हुन्छ।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: यी ५ प्रकारका महिलासँग विवाह गर्ने पुरुषको चम्किन्छ भाग्य !