एजेन्सी- भारतको चार्चित टिभी सिरियल अभिनेत्री वैशाली ठक्करले इन्दौरमा झुन्डिएर आत्महत्या गरेकी छन् । आत्महत्याको कारण उनको प्रेम सम्बन्ध रहेको बताइएको छ । वैशालीले टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ जस्ता धेरै सिरियलहरूमा काम गरिसकेकी छिन्। उनी बिग बोसमा पनि सहभागी भइन् । भनिन्छ, वैशाली एक वर्षदेखि इन्दौरमा बस्दै आएकी थिइन् ।
टिभी अभिनेत्री वैशाली ठक्कर विगत १ वर्षदेखि इन्दौरमा बस्दै आएकी थिइन् । अभिनेत्रीले आत्महत्या गरेको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेर अभिनेत्रीको शव नियन्त्रण गरेको थियो । प्रहरीले वैशालीको शव नजिकै सुसाइड नोट पनि फेला पारेको छ । जसमा प्रेम सम्बन्धका साथ-साथै विभिन्न किसिमका समस्याहरुको पनि उल्लेख गरिएको छ ।
वैशाली ठक्करको मृ:त्युको खबरले सबैलाई स्तब्ध बनाएको छ । वैशालीले आत्महत्या गरेको खबर आएपछि नायिकाका सबै फ्यान दु:खी भएका छन् ।
वैशाली टिभी उद्योगकी चर्चित अभिनेत्री थिइन् । वैशालीले धेरै लोकप्रिय शोमा काम गरिसकेकी छिन् । वैशालीले लोकप्रिय शो ‘ये रिश्ता क्या कहलाता’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । यस शोमा उनले संजनाको भूमिका निभाएकी थिइन् । यसपछि वैशाली ‘ये है आशिकी शो’ मा पनि देखिएकी थिइन् । वैशालीले ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निभाएकी थिइन् । उनले ‘ससुराल सिमर’ का शोबाट निकै चर्चा पाएकी थिइन् । यस बाहेक वैशालीले ‘सुपर सिस्टर, मनमोहिनी सिजन २’ मा पनि राम्रो काम गरेकी थिइन् ।