काठमाडौँ – साताको पहिलो दिन नै नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताको सुरुवात धेरै उच्च विन्दुमा पुगेको सुन यस साताको पहिलो दिन नै घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९३ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य असोज १४ गते यताकै सस्तो रहेको छ। यस हिसाबले आज सुन १६ दिनकै सस्तो भएको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। आज चाँदी १ हजार १ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।