शीर्ष नेतालाई स्वतन्त्रबाटै चुनौती ! कसलाई कोबाट ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी बढेको छ । प्रमुख राजनीतिक दलका नेतासहित स्वतन्त्र उम्मेदवारहरू चुनावी कार्यक्रममा व्यस्त भएका छन् । निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवार आन्तरिक तयारीसहित चुनावी मैदानमा उत्रिसकेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रमुख दलका शीर्ष नेतासहित स्वतन्त्र उम्मेदवार चुनावी कार्यक्रमसहित सर्वसाधारण घरदैलोमा पुगिरहेका छन् । घरदैलो, सभा, बैठक, भेटघाटलगायत कार्यक्रममा उम्मेदवार व्यस्त छन् ।

प्रमुख दलका शीर्ष नेतालाई स्वतन्त्र एवं गठबन्धनका उम्मेदवारबाट चुनौती थपिएको छ । चुनौतीबीच उनीहरू चुनावी परिणाम आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दल तथा स्वतन्त्र उम्मेदवार सर्वसाधारणबीच पुग्ने गरेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुरा १ बाट उम्मेदवार छन् । सो क्षेत्रमा एमालेले चक्र स्नेहीलाई उम्मेदवार बनाएको थियो । तर, पछि नाम फिर्ता लिएको छ ।

देउवालाई चुनौती दिन एमालेले उम्मेदवार उठाएको छैन । एमालेले डडेलधुरा क्षेत्र १ मा नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

देउवा उठेको क्षेत्रमा जसपाले श्याम सिनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायतलाई उम्मेदवार बनाएका छन् । सोही क्षेत्रमा स्वतन्त्र रूपमा विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायतले पनि उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरिएको छ । ओली उठेको झापा क्षेत्र ५ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा जसपाले ओममाया आङदेम्बे, नेपाल मजदुर किसान पार्टीले रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी र मंगोल नेसनल अर्गनाइजेसनले सानबहादुर मेचेलाई उम्मेदवार बनाएको छ ।

झापा क्षेत्र ५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कवीन्द्र सेर्मा लिम्बु, नेसनलिस्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीले पदमबहादुर जबेगु, नेपाली कांग्रेस (बिपी)ले शेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरेशकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : आइतबार, असोज ३०, २०७९०७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौं महानगरपालिकामा सम्झौता बिनै फोहोर संकलनका नाममा रकम असुलि !