अन्ततः नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाकी ! कुन ?

काठमाडौ,  नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन बाहिरिएको हो।

२२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ । सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले निकालेको विज्ञाप्ति

मिति २०७९ जेठ २२ गते (तद् अनुसार सन २०२२ जुन ५) नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज मिति २०७९/०६/२९, शनिबार (तद् अनुसार सन २०२२ अक्टोबर १५) बाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन (Withdrawal of Monsoon) हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।

सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मिति भन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकता अनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने छ।

प्रकाशित : शनिबार, असोज २९, २०७९१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था कस्तो छ ? यस्तो आयो पछिल्लो अपडेट !