कात्तिक ४ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष (चु चे चो ला लि लु ले लो अ)

मध्यम खालको साता छ । सुरुका तीन दिनसम्म काम बन्नेछन् । मङ्गलबारदेखि भने स्वास्थ्यमा बाधा आएर बढी खर्च गर्नु पर्ला । व्यावसायिक कामबाट सीमित मात्र लाभ देखिन्छ । आफ्नो मात्र नभएर परिवारको स्वास्थ्यसमेत त्यति राम्रो रहने छैन ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

यो साता खर्च बढी नै होला । आउनुपर्ने ठाउँबाट पूरा रकम आउने छैन । आलटाल गर्ने नै बढी छन् तर सूर्यको स्थिति राम्रो हुनाले पूरै आस मार्नुपर्ने छैन । स्वास्थ्यको स्थिति भने त्यति राम्रो रहँदैन । पारिवारिक झन्झट परिरहला । भगवतीको आराधना गरिरहनुहोस् ।

मिथुन (का कि कु घ ङ छ के को हा)

खर्च बढे पनि यो साता सफलता मिल्नाले मन प्रसन्न होला । सुरुका दिनमा इष्टमित्रसँग भेट हुने र केही गतिलो परामर्शसमेत हुनेछ । बौद्धिक स्तर पहिलेको भन्दा सप्रिएर आएको छ । व्यावसायिक कामबाट राम्रै लाभ हुने देखिन्छ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

साताको सोमबारसम्म प्रशस्त खर्च होला । मङ्गलबारदेखि त्यसमा नियन्त्रण हुनुका साथै आम्दानी पनि हुन सक्छ तर मान–प्रतिष्ठा भने बढ्ने समय छैन । हरेक दिन सूर्यको दर्शन गर्नुहोस् र सूर्यलाई जल दानसमेत गर्नुहोस् । व्यवसायको कामले अलिकति भए पनि टेवा दिनेछ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

साता त्यति नराम्रो छैन । काम गर्ने उत्साह बढिरहेको छ । बौद्धिक प्रतिभा पनि पहिलेको भन्दा सप्रिएर आएको छ । अरूलाई प्रभावित पार्न सक्ने क्षमता तपाईंमा देखिन्छ । वाणीमा ओज आउला । आर्थिक स्थिति सप्रिएकै महसुस हुनेछ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल विचारको उदय होला भने केही गतिला कामसमेत बन्नेछन् । हातले समातेको व्यवसायले मनग्गै लाभ देला । मित्र असल खालका छन् भने राम्रो सहयोगसमेत गर्नेछन् । पढाइमा समेत सुधार भएर आउला।

तुला (र  रि रु रे रो ता ति तु ते)

बढ्दो खर्चका कारण यो साता मनमा डर लागिरहला । कुनै पनि काम गर्दा निर्णय गर्न विलम्ब हुनेछ । जागिरतिर समेत अनेकौँ झन्झट आउला । बौद्धिकस्तर त्यति प्रबल छैन । बगलामुखी स्तोत्रलाई नित्य पाठ गर्नुहोस् । परिवारको सहयोगले भने राम्रै भूमिका निर्वाह गर्नेछ ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

धेरै सङ्घर्ष गर्नुपर्ने साता छ । गरेका काम सरसर्ती बन्ने छैनन् । बाधा दिनेहरू प्रशस्त छन् । मित्रको सहयोगसमेत अति नै थोरै हुनेछ । स्वार्थी खालका साथी बढी छन् । स्वास्थ्यले समेत पूरा सहयोग दिने छैन । गणेशको दर्शन गरिरहनुहोस् ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

यो सातामा सोचेभन्दा निकै काम बन्नेछन् । आर्थिक स्थिति पनि राम्रो रहला । अरूलाई प्रभाव पार्न सक्ने वाणी तपाईंमा छ । पढाइको क्षेत्रमा पनि प्रगति भएको अनुभव होला । यात्राको सन्दर्भ चल्लाजस्तो छ । विवाहसम्बन्धी कुरासमेत एउटा निश्चित मोडमा पुग्ला ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

सातालाई राम्रो रूपमा लिन सकिन्छ । गरेका काम प्रायः बन्ने नै छन् । सहयोग गर्ने थोरै भए पनि आत्मविश्वास र कर्मठपनाले तपाईंलाई साथ दिनेछ । नोकरीबाट राम्रो छ । शैक्षिक क्षेत्रमा सफलता पाउनु होला । वैवाहिक कुरा भने हाल अल्झिएर जानेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

मनमा अलिअलि डर लागे पनि पहिलेको साताभन्दा सप्रिएको समय छ । सुरुका दिनमा धार्मिक काममा बाधा आउनेछन् । मङ्गलबार बेलुकीदेखि भने स्थिति सप्रनेछ । व्यापारसम्बन्धी काममा राम्रै सफलता मिल्ला । आर्थिक स्थितिलाई नराम्रो भन्न सकिँदैन ।

मीन (दी दू थ झ दे दो चा ची)

यो साता स्वास्थ्य त्यति राम्रो रहने छैन र स्वास्थ्यकै लागि बढी खर्च गर्नुपर्ला । पढाइ र लेखाइ चली नै रहनेछ । मनमा भएको शङ्का भने हट्लाजस्तो छैन । सूर्यको स्तोत्र पाठ गरिरहनुहोस् । यात्राको सम्भावना पनि हाल देखिन्छ । मित्र असलै खालका छन् ।

प्रकाशित : शनिबार, असोज २९, २०७९०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट सुरु हुनेछ यी राशिको राम्रो दिन, मङ्गलदेवले गर्नेछ विशेष कृपा